टोखा नगरपालिकामा एक करोडको बालमैत्री उद्यान बन्ने



२१ असार २०७५, काठमाडौं

टोखा नगरपालिकामा एक करोडको बालमैत्री उद्यान बन्ने भएको छ ।

बालमैत्री उद्यान निर्माण का लागि एक सम्झौता पत्रमा काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाबीच हस्ताक्षर भएको छ ।कामपाका प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार बालमैत्री उद्यान तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने छ ।सम्झौतामा निर्धारित समयमा नै काम सके कामपाले निर्माणको समयमा लाग्ने ५० प्रतिशत रकम व्यहोर्ने, दिएको रकम अन्य कार्यमा खर्च गर्न नपाउने र उद्यान निर्माणको समयमा टोखा नगरपालिकालाई प्राविधिक सहयोग आवश्यक परे पनि कामपाले व्यवस्थापन गर्ने जस्ता बुँदाहरु रहेका छन् ।

निर्माणपछि प्रवेश गर्न जारी हुने टिकट, पार्कसम्बन्धी अन्य कागजातहरु समेतमा कामपाको साझेदारी भएको भन्ने खुलाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्