
२१ असार २०७५, काठमाडौं
वर्ष २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘ट्वाइलेट-एक प्रेम कथा’ ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो । यो फिल्मको सक्सेसपछि अब अक्षय कुमारले यसको दोस्रो सिक्वेलको घोषणा गरेका छन् ।
उनले ट्विटरमार्फत फिल्मको घोषणा गर्दै लेखेका छन्, ‘अबको तयारी अर्को ब्लकबस्टर मिसन ‘ट्वाइलेट’२’ का लागि । यसपटक बदलिनेछ पूरा देश । चाँडै आउँदैछु ।’
Time to get ready for the next Blockbuster – Mission #Toilet2! Iss baar badlega poora desh!
Coming soon. pic.twitter.com/eutHICLlKp— Akshay Kumar (@akshaykumar) June 30, 2018
अक्षय कुमारले एक सर्ट भिडियो पनि रिलिज गरेका छन्, जसमा उनले भनेका छन्, ‘ट्वाइलेट’ त बन्यो तर कथा अझै पनि बाँकी छ । म चाँडै ‘ट्वाइलेट’ को पार्ट २ लिएर आउँदैछु ।’ तर, उनले यस फिल्मको बाँकी स्टारकास्टलाई लिएर कुनै खुलासा गरेका छैनन् ।
पेडनेकर, दिव्येन्द शर्मा, सुधीर पान्डे र अनुपम खेर मुख्य भूमिकामा थिए । २२ करोडमा बनेको यो फिल्मले घरेलू बजारबाट १ सय ३४ करोड कमाएको थियो ।





