२५ वर्षीय रहमान संसारकै सबैभन्दा कान्छा मन्त्री



२१ असार २०७५, काठमाडौं

मलेसियामा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी २५ वर्षीय ठिटो सईद सिध्दिक अब्दुल रहमानले सम्मालेका छन्। रहमानले ९३ वर्षीय मोहम्मद महाथिर नेतृत्वको सरकारमा हालै मात्र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।

सन २०१८ को डिसेम्बर ६ तारिकमा २६ वर्षमा प्रवेश गर्ने मन्त्री सहमान संसारका सबैभन्दा कान्छो उमेरका मन्त्री समेत बनेका छन्। यस अघि संसारका कान्छा मन्त्रीका रुपमा ३७ वर्षीय खैरी जमालुध्दिनदलाई मानिंदै आएको थियो।

संसारका सबैभन्दा बढी उमेरका प्रधानमन्त्रीको रुपमा विश्व रेकर्ड बनाएका महाथिरले रहमानलाई संसारको सबैभन्दा कान्छो उमेरको मन्त्री बनाएर अर्को विश्व रेकर्ड बनाएका छन्। भ्रष्टाचार विरोध अभियान संचालन गरेर पुन मलेसियाको सत्ता सम्हाल्न आएका महाथिरले युवा मन्त्रालयको जिम्मेवारी युवालाई नै सुम्पेका हुन्।

आधुनिक र समृध्द मलेसियाको प्रमुख डिजाइनरको रुपमा परिचित महाथिरकै नेतृत्वमा मलेसियाली जनताले राजनैतिक स्थायीत्व , विकास र समृध्दिको बाटो पुरा हुने सपना देखेका छन् ।

प्रतिक्रिया दिनुहोस्