फेरि शाहरुख र काजोल एकसाथ चलचित्रमा देखिदैँ



२१ असार, २०७५ काठमाडौँ

बलिउडको  सुपरहिट जोडी शाहरुख खान र काजोल फेरि एकसाथ पर्दामा देखिने भएका छन् ।  ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता सुपरहिट फिल्ममा सगैँ यी जोडीले  काम गरेका छन् ।

एक न्यूज पोर्टलका अनुसार, काजोल र शाहरुख करण जोहरको एक नयाँ फिल्ममा फेरी एकपटक सँगै देखिन सक्नेछन् । करण अहिले आफ्नो नयाँ प्रोजेक्टका लागि स्क्रिप्टको काममा व्यस्त छन् र उनले शाहरुख र काजोलसँग सम्पर्क गरेका छन् ।

बलिउडको यो चर्चित रोमान्टिक जोडी पछिल्लो पटक ‘दिलवाले’मा एकसाथ देखिएका थिए ।

लामो समयपछि करण जोहरको ब्यानरमा काम गर्न लागेको यो जोडीले पर्दामा  कस्तो कमाल गर्ला ? यो भने दर्शकको चासोको बिषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्