भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टार ‘श्रीदेवी’



२० असार २०७५, काठमाडौं

श्रीदेवी भारतीय सिनेमा क्षेत्रकी पहिलो महिला सुपरस्टार अभिनेत्री हुन् । चलचित्रमा आफ्नो अत्यन्तै राम्रो नृत्य, अदा र अभिनयले दर्शकको दिलदिमागमा जादु गर्ने नायिका श्रीदेवीले  ‘मवाली’, ‘तोफा’, ‘मिस्टर इंडिया’, ‘हिम्मतवाला’, ‘खुदा गवाह’, ‘चालबाज’, ‘नगीना’ र ’लम्हे’ जस्ता सफल चलचित्रमा काम गरेकी छिन् । उनले हिन्दी चलचित्र बाहेक तमिल, मलयालम, तेलुगु, कन्नड  जस्ता चलचित्रमा समेत काम गरेकी छिन् । श्रीदेवीले आफ्नो करियरको सुरुवात १९७९ मा ‘सोलवा सावन’ नामक चलचित्रबाट गरेकी थिइन् । तर उनलाई बलिउडमा चर्चाको शिखरमा चाहिँ ‘हिम्मतवाला’ चलचित्रले पुर्यायो । यस चलचित्रपछि उनी बलिउडकी सुपरस्टार अभिनेत्री भइन् । उनले ३ पटकसम्म फिल्मफेयर पुरस्कार पाएकी छिन् । २०१३ मा उनले भारत सरकारको तर्फबाट पद्मश्री सम्मान पनि पाएकी थिइन् ।

श्रीदेवीको जन्म १३ अगष्ट, १९६३ मा शिवकाशी, तमिलनाडुमा भएको थियो । उनको बालापनको नाम श्रीअम्मा यंगर अयप्पन हो । उनको आमाको नाम राजेश्वरी हो । उनकी १ बहिनी र २ सौतेनी भाइहरु छन् । उनकी बहिनीको नाम श्रीलता  र भाइहरुको नाम आनन्द र सतीश हो ।

सन्  १९६७ मा उनले एक तमिल फिल्म ‘थुनविन’ मा बाल कलाकारको भूमिका निभाई फिल्मी क्षेत्रमा आफ्नो करियर सुरुवात गरेकी थिईन् । बाल कलाकारको रुपमा श्रीदेवीले मलयालम फिल्म ‘पुमबट्टा’ बाट वर्ष १९७१ म केरला स्टेट फिल्म अवार्ड पाएकी थिइन् ।

१९८२ मा तमिल फिल्म “मोन्द्राराम पिराई” बाट उनलाई फिल्म जगतमा एउटा नयाँ पहिचान मिलेको थियो । उक्त चलचित्रमा श्रीदेवीले एक जवान युवतीको भूमिका निर्वाह गरेकी थिइन् । जसलाई भुल्ने बिरामी हुन्छ, जसका कारण उसको दिमाग ४–५ बर्षको बच्चाको जस्तै हुन्छ । यस चलचित्रलाई वर्ष १९८३ मा ‘सदमा’ शीर्षकको साथ हिन्दी भाषामा प्रदर्शन गरिएको थियो ।

श्रीदेवीले आफ्नो फिल्म करियरमा ६३ हिन्दी, ६२ तेलुगु, ५८ तमिल, २१ मलयालम तथा केही कन्नड फिल्ममा पनि काम गरेकी छिन् ।

श्रीदेवी को विवाह र परिवार
श्रीदेवीको पहिलो विवाह हिन्दी फिल्म जगतका चर्चित अभिनेता मिथुन चक्रवर्ती सँग भएको थियो । तर उनीहरुको यो सम्बन्ध ३ बर्षभन्दा बढी टिकेन । केहि कारणबस यिनीहरु छुट्टिएका थिए । त्यसपछि श्रीदेवीले सन् १९९६ मा निर्देशक बोनी कपूरसगँ विवाह गरिन् । बोनी कपूरका २ भाईहरु  छन्, अनिल कपूर र संजय कपूर । उनीहरु पनि बलिउडका स्थापित कलाकारहरु हुन् ।

बोनी कपूरको श्रीदेवी सगँ विवाह हुनुभन्दा पहिले नै १ छोरा र १ छोरी थिए, अनुस्ला र अर्जुन । बोनी कपुरसँग विवाह गरेपछि श्रीदेवीका २ छोरीहरु जन्मिए जान्वी र खुसी । हालैमात्र श्रीदेवीकी छोरी जान्वीले पनि बलिउडमा प्रवेश गरेकी छिन् भने अर्जुनले केही वर्ष पहले नै बलिउडमा पाइला टेकिसकेका छन् ।

बाल कलाकार
श्रीदेवीले आफ्नो फिल्मी करियरको सुरुवात चार वर्षको उमेरमा बाल कलाकार बाट गरेकी थिइन् । उनको पहिलो चलचित्र ‘थुनविन’ हो । सो फिल्मबाट सानी श्रीदेवीले केरला स्टेट फिल्म अवार्ड पाएकी थिइन् ।

निधन
श्रीदेवीको निधन २४ फरवरी २०१८ मा दुबईमा भएको थियो ।

पुरस्कार र सम्मान
सन् १९७७ मा “वायथिनइल”  को लागि फिल्मफेयर स्पेशल अवार्डबाट उनी सम्मानित भएकी थिइन् । त्यस्तै १९८२ मा तमिल फिल्म “मेमेन्डम कोकीला”  को लागि फिल्मफेयर बेस्ट एक्ट्रेस अवार्डबाट पनि उनी सम्मानित भइन् ।

 

प्रतिक्रिया दिनुहोस्