विश्वकप २०१८ को क्वाटरफाइनल शुक्रबारदेखि : कसको भिडन्त कोसँग ?



२० असार २०७५, काठमाडौं

अन्तिम १६ का खेल गएराति सकिएपछि अन्तिम आठ अर्थात क्वाटरफाइनलका खेल शुक्रवारदेखि सुरु हुनेछ । विश्वकप उचाल्ने सपना लिएर रुस पुगेका ३२ टिममध्ये २४ टिम घर फर्किसकेका छन् ।

रुस विश्वकप अन्य विश्वकप भन्दा अलि रोमान्चक बनेको छ । पहिलेका विश्वकपमा झैं यसपाली पनि विश्वकप कस्ले जित्छ भनी भविष्यवाणीहरु गरिएका थिए तर पूर्वानुमान गरेझैं कुनै पनि देश अगाडि बढ्न सकेका छैनन् । विजेता बन्ने अनुमान गरिएका साविक विजेता, उपविजेता जस्ता टिम समूहचरणबाटै घर फर्किसकेका छन् ।

अन्तिम आठको भिडन्त समेत रोचक बन्दै छ । अन्तिम आठमा आयोजक रुससँगै, उरुग्वे, फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड, स्विडेन, क्रेएसिया र ब्राजिल पुगेका छन् । ब्राजिल विश्वकप जित्ने अनुमान गरिएको देश भए पनि अन्य देश अनुमान बाहिरका हुन् । लियोनल मेसीको टिम अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल विश्वकपबाट बाहिरिसकेका छन् । स्टार खेलाडीमा ब्राजिलका नेइमार र उरुग्वेका लुइस स्वारेज बाहेक अरु टिममा कोही छैनन् । इंग्ल्यान्डका ह्यारी केन भने चर्चामा छन् ।

पहिलो खेल उरुग्वे र फ्रान्सबीच असार २२ गते शुक्रबार साँझ पौने आठबजे सुरु हुँदैछ । दोस्रो खेल २२ गते नै ब्राजिल र बेल्जियमबीच राति पौने १२ बजे सुरु हुनेछ। क्वाटरफाइनलको तेस्रो खेलमा इंग्लयान्डले स्विडेनको सामना गर्नेछ । यो खेल असार २३ गते शनिबार साँझ पौने आठ बजे सुरु हुँदैछ भने चौथो खेलमा सोही दिन राति पौने १२ बजे क्रोएसियाले रुसको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्