इंग्ल्याण्डका ह्यारी केन गोल्डेन बुटको दाबेदार



२० असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत अहिलेसम्म अन्तिम १६ को खेलहरु सकिएको छ । अन्तिम १६ का खेलहरु सकिदासम्ममा इंग्ल्याण्डका स्टार खेलाडी ह्यारी केनले सबै भन्दा बढी गोल गर्न सफल भएका छन्।

फिफाले विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अर्थात सुनको जुत्ता दिदै आएको छ। जारी विश्वकपमा अन्तिम १६ को खेलहरु सकिदै गर्दा इंग्ल्याण्डका केनले ब्याक्तिगत ६ गोल गरिसकेका छन्। समुहचारनको खेलमा १ ह्याट्रिक सहित ५ गोल गरेका केनले हिजो भएको अन्तिम १६ को खेलमा कोलम्बियालाई १ गोल गर्दै आफ्नो ब्याक्तिगत गोल सङ्ख्या ६ बनाउन सफल भएका हुन्।

समूह चरणको दुई खेलबाट नै इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश गरिसकेको हुदा समुह चरणको अन्तिम खेलमा केन बेन्चमै बसेका थिए। केनले स्समुहा चरणको पहिलो खेलमा ट्युनेसियालाई ब्याक्तिगत २ गोल गरेका थिए भने दोस्रो खेल अन्तर्गत पानामालाई ह्याट्रिक गरेका थिए। केनले ३ खेलबाट ६ गोल बनाउन सफल भएका छन्।

२१ औँ सस्करण अन्तर्गत रसियामा जारी विश्वकपको निम्ति गोल्डेन बुटको सम्भावित हकदारको रुपमा हेरिएको केनलाई बेल्जियमका लुकाकुले पछ्छ्याई रहेका छन्। लुकाकुले अहिलेसम्म ४ गोल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्