कोलम्बियालाई स्तब्ध पार्दै इंग्ल्याण्ड अन्तिम ८ मा प्रवेश, क्वाटर फाइनलामा स्विडेनसँग भिड्ने



२० असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकप अन्तर्गत हिजो राती भएको खेलमा इंग्ल्याण्ड विजयी बनेको छ । राति ११ : ४५ मा भएको उक्त खेलमा सकोलम्बियालाई हराउँदै इंग्ल्याण्ड विजयी भएको हो ।

दुबै टिमले उत्कृष्ट प्रदर्शन गरेको भएता पनि कोलाम्बियाले डिबक्स भित्र गरेको फल्डलाई रेफ्रीले इंग्ल्याण्डको पक्षामा पेनाल्टी दिएका । आफ़ुले पाएको पेनाल्टीलाई इंग्ल्याण्डका ह्यारी केनले गोलमा परिणत गरेसँगै इंग्ल्याण्डलर अग्रता कायम गरेको थियो। तर खेलको अन्तिम समयमा कोलम्बियाले ग्गोल फर्काउदै खेल बराबरी बनाएको थियो।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले बराबरी १/१ गोल गरेपछि थप ३० मिनेटको समय थप गरेर खेलाइएको थियो। तर उक्त ३० मिनेटको समयमा पनि दुवै टिमले कुनै गोल गर्न नसके पछि खेल पेनाल्टी सुटमा गएको थियो।

दुवै टिमबाट ५/५ पेनाल्टी सुट हानेको भएता पनि इंग्ल्याण्डले प्रहार गरेको ५ पेनाल्टी मध्धे एउटा पेनाल्टी कोलम्बियाको किपरले बचाउ गरेका थिए भने ४ पेनाल्टी गोलमा परिणत भएको थियो । त्यसैगरी कोलम्बियाको ५ पेनाल्टी मध्ये १ पेनाल्टी आउट गरेको थियो अनि अर्को १ पेनाल्टी इंग्ल्याण्डका किपरले बचाउ गरेका थिए भने ३ पेनाल्टी गोलमा परिणत भएको थियो।

पेनाल्टी सुटको आधारमा कोलम्बियालाई पराजित गरेसंगै क्वाटर फाइनल चरण अर्थात अन्तिम ८ मा प्रवेश गरेको इंग्ल्याण्ड भेट अब क्वाटर फाइनलमा स्विडेनसँग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्