
२१ असार, २०७५, काठमाडौँ
इण्डियामा अधिकाशं मानिसले क्रिकेट हेर्न निकै रुचाउँछन् तर त्योभन्दा कयौं बढी मानिसले इण्डियालाई वर्ल्ड च्याम्पियन बनाउन सफल पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई धेरै माया गर्दछन् । यही कारण वर्ष २०१६ मा धोनीमाथि बनेको फिल्म ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ ले बक्सअफिसमा अत्यन्तै राम्रो व्यापार गरेको थियो ।
अब धोनीका फ्यानका लागि एक खुशीको खबर छ । अंग्रेजी वेबसाइट ‘मिड डे’ का अनुसार, महेन्द्र सिंह धोनीमाथि सिक्वेल फिल्म बन्ने भएको छ । ‘एमएस धोनी द अनटोल्ड स्टोरी’ मा धोनीको भूमिका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले निभाएका थिए भने यस चलचित्रको सिक्वेलमा पनि उनी नै देखिने भएका छन् ।
दोस्रो सिरिजमा धोनीको कप्तानीमा टीम इन्डिया वर्ल्ड च्याम्पियन पछिको कहानी देखाइनेछ । महेन्द्र सिंह धोनीको क्रिकेटिङ करिअरसँगै सिक्वेल फिल्ममा उनको पर्सनल लाइफको बारेमा पनि देखाइनेछ ।
मिड डे सोर्सका अनुसार, सिक्वेलमा यस वर्ष आईपीएलमा धोनीको कप्तानीमा चेन्नई सुपर किंग्स च्याम्पियन बनेको पनि हेर्न पाइनेछ ।





