अनुमतिबिना पोलैपिच्छे ‘प्लस टु’ का विज्ञापन



२० असार २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाका वडा नं. १० का भीडभाड हुने स्थानका पोलहरुमा विद्यालयका विज्ञापनले भरिएको देखिन्छ ।

२०७४ चैत्र १४ गते बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले हस्ताक्षर गरी जारी गरेको सूचनामा नगरपालिकाको अनुमतिविना कुनै पनि संघसंस्था वा निकायले विना स्वीकृति कुनै पनि विज्ञापन प्रचारप्रसार गर्न नपाईने सूचना जारी भएको र प्रचारप्रसार गर्नुपर्ने भएमा वडा कार्यालयमा आवश्यक कर तिरी गर्न पाउने व्यवस्था गरेको थियो ।

यो विषयमा खोजी गर्दा वडाध्यक्ष भट्टराईले वडा क्षेत्रभित्र टांगिएका ६ वटा विद्यालयका २४३ भन्दा बढी ब्यानरको तथ्याङ्क वडा कार्यालयले संकलन गरेको र सम्बन्धित विद्यालयलाई २ दिनभित्र पत्राचार गरी प्रति व्यानर रु.३०० का दरले कर तिरी १५ दिनसम्म राख्न पाउने व्यवस्था गरिएको बताए । अटेर गर्ने संस्थाका ब्यानर हटाई जरिवाना समेत गरिने जानकारी दिए ।

  

प्रतिक्रिया दिनुहोस्