स्विजरल्याण्डलाई पराजित गर्दै स्विडेन अन्तिम ८ मा प्रवेश, आगामी भेट इंग्ल्याण्डसँग हुने



२० असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकप अन्तर्गत हिजो राती भएको खेलमा स्विडेन विजयी बनेको छ । Krestovsky रंगशालामा भएको उक्त खेलमा समुह ई को उपविजेता स्विजरल्याण्डलाई हराउँदै स्विडेन विजयी भएको हो ।

दुबै टिमले उत्कृष्ट प्रदर्शन गरेको भएता पनि पहिलो हाप अघि दुबै टिमले कुनै गोल गर्न सकेका थिएनन् । तर पहिलो हाप पछि सुरु भएको खेलमा स्विडेनका फोर्सवर्गले ६६ मिनेटमा उत्कृष्ट गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । १ गोलको अग्रतामा रहेको स्विडेनले अन्तत त्यै गोल विजयको निम्ति निर्णायक बन्यो ।

१ गोल गरेर लगभग जित सुनिश्चित जस्तै बनाएको स्विडेनको बिरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको स्विजरल्याण्डले बराबरी बनाउने प्रयास गरेता पनि सफल रहेन ।स्विडेनले ४-४-२ को रणनीतिमा खेल प्रस्तुत गरेको थियो भने स्विजरल्याण्ड ४-२-३-१ को रणनीतिमा प्रस्तुत भएको थियो।

स्विजरल्याण्डलाई पराजित गरेसंगै क्वाटर फाइनल चरण अर्थात अन्तिम ८ मा प्रवेश गरेको स्विडेनको भेट अब क्वाटर फाइनलमा इंग्ल्याण्डसँग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्