विश्व युवा दक्षता दिवसको अवसरमा सम्पदा दौड प्रतियोगिता हुने



२० असार २०७५, काठमाडौं

नेपालका प्राचिन पौराणिक सम्पदाहरुलाई पहिचान सहित विश्व सामु चिनाउने उद्देश्यका साथ विश्व युवा दक्षता दिवसको उपलक्ष्यमा डल्लु आवास स्थानीय सहयोग समितिको आयोजनामा यही असार ३१ गते सम्पदा दौड प्रतियोगिता हुने भएको छ ।

समाज या राष्ट्रको विकासमा टिम वर्क नभई केहि गर्न सकिदैन भन्ने अभिप्रायले सामुहिक रुपमा ५ जनाको एक समुह बनाएर प्रतियोगिता आयोजना गर्न लागिएको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी दिएका छन् ।

उनले प्रतियोगितालाइ प्रभावकारी र सम्पदा क्षेत्रको प्रवर्धनको लागि सम्पदा क्षेत्रको बाटोहरुलाई रुट बनाइएको बताए । तत्कालको लागि काठमाडौंका  केही शहरका बाटोहरु प्रयोग गरेको र भविष्यमा भने काठमाडौं ललितपुर र भक्तपुरलाइ समेटेर रुट बनाउने पनि योजना रहेको बताए ।

उनले दौड प्रतियोगिता  भुइँखेल  चौरबाट सुभारम्भ भइ डल्लु आवासको सिद्धार्थ सडक–लिंकरोड– ताहाचल–विष्णुमतिपुल–भीमसेनस्थान–काष्ठमण्डप–हनुमानढोका–सानो पशुपति मखन–इन्द्रचोक– बालकुमारी असन–भेडासिङ–किलागल–नरदेबी–ताम्सिपाखा–विष्णुमति डल्लु–डल्लु बजार–निषुहिरी–धिमेल्ह–भगवानपाउ–किम्डोलडाँडा–स्वयम्भु परिक्रमा–भगवान पाउँ हुदै स्वयम्भु स्तुपामा पुगी समापन गर्ने  कार्यक्रम रहेको बताए ।

उनले उक्त कार्यक्रमको उद्घाटन असार ३१ गते बिहान ६ बजे भुइँखेल  चौर बाट  प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एबम प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ  ।भने समापन कार्यक्रममा सोहि दिन बिहान ८ बजे स्वयम्भु स्तुपामा पुर्व प्रधानमन्त्री माननीय झलनाथ खनाल बाट हुने समेत जानकारी गराएका छ।

कार्यक्रममा प्रथम दितीय र तृतीय हुने समूहले  नगद पुरस्कार सहित गोल्ड सिल्भर र ब्राउन्ज मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने  उक्त प्रतियोगितामा सहभागी हुन चाहानेले  प्रति टिम रु ५ सयको फारम भरि असार २५गते सम्ममा डल्लु आवास स्थानीय सहयोग समितिको कार्यालयमा बुझाउन सकिने डल्लु आवास स्थानीय सहयोग समितिका कार्यकारी सदस्य एबम नेपाल ओलम्पिक कमिटिका कर्मचारी निरज श्रेष्ठले जानकारी गराएका छन।

उनले उक्त कार्यक्रममा सहभागी भइ सम्पदालाइ विश्वभरि चिनाउनको लागि सहयोग गरि खेलकुद मार्फत  पर्यटन प्रबर्धन गर्न समेत अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्