
१९ असार २०७५, काठमाडौँ
बलिउड फिल्मको चर्चित अभिनेता मिथुन चक्रवर्तीका छोरा महाअक्षय चक्रवर्ती उर्फ मिमोहलाई बताल्तकार गरेको आरोप लागेको छ । दिल्ली स्थित रोहिणी कोर्टको अतिरिक्त मुख्य महानगर दण्डाधिकारी एकता गाबाको अदालतले सोमबार मिमोह विरुद्द बेगमपुर प्रहरी चौकीको एसएचओ(स्टेसन हाउस अफिसर)लाई दुष्कर्म, जबरजस्ती गर्भपात गराएको, धोकाधडी, धम्की सहित विभिन्न धाराहरु अनुसार मामिला दर्ज गर्न आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ। यस मामिलामा कोर्टले मिमोहकी आमा, पुरानो जमानाका प्रसिद्ध अभिनेत्री योगिता बालीलाई पनि आरोपित बनाएको छ ।
भारतीय सञ्चार माध्यमले अतिरिक्त मुख्य महानगर दण्डाधिकारी एकता गाबाको भनाईलाई उद्धृत गर्दै समाचारमा लेखेको छ कि प्रहरी रिपोर्ट र पीडितबाट पेश गरिएको प्रमाणको आधारमा प्रारम्भिक रूपमा आरोपी विरुद्द मुद्दा लाग्छ । प्रारम्भिक रुपमा यस्तो लाग्छ कि पीडितको सहमति बेगर जबरजस्ती आरोपीले विवाहको बचन दिई लगातार बलात्कार गरे। यस्तो अवस्थामा एसएचओले मामिला दर्ज गरी २७ जुलाईमा कोर्टमा आफ्नो रिपोर्ट पेश गर्नेछ।





