
१९ असार २०७५, काठमाडौं
चाईना साँस्कृतिक केन्द्र नेपाल र नान्जीङ्ग म्युनिसिपल ब्युरो अफ कल्चर ब्रोडकास्टिङ टिभी प्रेस एण्ड पब्लिकेशनको संयुक्त आयोजनामा आर्मी अफिसर्स क्लबमा चाईनिज विद्यार्थीहरुद्वारा मार्सल आर्ट प्रस्तुत गरिएको छ ।




नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र नेपालका लागि चीनकी राजदूत यु होङ्गले पानसमा दीप प्रज्वलन गरी साँस्कृतिक कार्यक्रमको उद्घाटन गरेका थिए । ‘यस्ता साँस्कृतिक कार्यक्रमले दुई देशका वालवालिकाको सम्बन्ध प्रगाढ बनाउने कार्यक्रमका अतिथिद्वयले बताए ।

चीनको प्राथमिक विद्यालयमा अध्ययनरत वालवालिकाहरुले विभिन्न १३ किसिमका मार्सल आर्ट तथा सो सँग सम्बन्धित प्रस्तुती दिएका थिए ।

कार्यक्रममा चाईनिज विद्यार्थीहरुले नेपाली गीत रेसम फिरीरीमा समेत नृत्य गरेका थिए भने लिटिल एन्जल्स विद्यालयका वालवालिकाहरुले देउडा गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, चाईना साँस्कृतिक केन्द्र नेपालका निर्देशक यिन कुनसोङ र नान्जीङ्ग म्युनिसिपल ब्युरो अफ कल्चर ब्रोडकास्टिङ टिभी प्रेस एण्ड पब्लिकेशनका डिपुटी डाइरेक्टर जेनरल यान यिन पिङ लगायतको टोली सहभागीता रहेको थियो ।






