नेइमारको गोलमा ब्राजिल विजयी



१९ असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकपमा हिजो साँझ भएको खेलमा ब्राजिल विजयी भएको छ । समूह ई को समूह विजेता ब्राजिल र समूह एफ को समूह उपविजेता मेक्सिको बिचको खेलमा मेक्सिकोलाई ० को विरुद्ध २ गोल हान्दै ब्राजिल विजयी भएको हो ।

खेलको अधिकांश समय ब्राजिलको नियन्त्रणमा रहे पनि पहिलो हाप अघि दुबै टिमले कुनै गोल गर्न सकेका थिएनन् । तर पहिलो हाप पछि सुरु भएको खेलमा ब्राजिलका मिडफिल्डर १० नम्बर खेलाडी नेइमारले ५१ मिनेटमा उत्कृष्ट गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए ।

नेइमारको गोलबाट आफ्नो जित सुरक्षित बनाईसकेको ब्राजिलले पुन ८८ मिनेटमा अर्का मिडफिल्डर फरमिनोको गोलमा ब्राजिलको जित लगभग निश्चित गरेको थियो ।

समरा एरेना रंगशालामा भएको उक्त खेलमा ज्ञानलुका रोचीले रेफ्री गरेका थिए । ६ वटा पहेलो कार्ड प्रयोग गरिएको खेलमा ब्राजिलका २ मिडफिल्डर नेइमार र विलियन र डिफेन्डर सिल्भाको प्रदर्शन उत्कृष्ट रहेको थियो ।

मेक्सीकोलाई जिते संगै क्वाटर फाइनल चरण अर्थात अन्तिम ८ मा प्रवेश गरेको ब्राजिलको भेट बेल्जियमसँग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्