जापानलाई पराजित गरेर क्वाटर फाइनलमा प्रवेश गरेको बेल्जियमको भेट ब्राजिलसँग हुँदै



१९ असार २०७५, काठमाडौं

जारी विश्वकप अन्तर्गत हिजो राती भएको खेलमा बेल्जियम विजयी बनेको छ । रोष्ट्रोभ एरेना रंगशालामा भएको उक्त खेलमा जापनलाई हराउँदै बेल्जियम विजयी भएको हो ।

दुबै टिमले उत्कृष्ट प्रदर्शन गरेको भए पनि पहिलो हाप अघि दुबै टिमले कुनै गोल गर्न सकेका थिएनन् । तर पहिलो हापपछि सुरु भएको खेलमा जापनका हरागुचीले ४८ मिनेटमा उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । १ गोलको अग्रतामा रहेको जापानलाई पुन: ५२ मिनेटमा इनउईको अर्को गोलमा अग्रता दोब्बर बनाएका थिए ।

लगभग जित सुनिश्चित जस्तै बनाएको जापानको बिरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको बेल्जियमले ७९ मिनेटमा भार्टोनगेनको गोलमा अग्रता छोट्टाएको थियो । भार्टोनगेनले गोल गरेको ५ मिनेटमै अर्थात ७४ मिनेटमा नै बेल्जियमका फेल्लानिले अर्को गर्दै बराबरी बनाएका थिए ।

निर्धारीत ९० मिनेट सम्ममा बराबरी २ गोलमा रहेका दुबै टिम थप ३० मिनेटको खेल खेल्ने निश्चित जस्तै भएको थियो तर ९०+४ मिनेटमा बेल्जियमका चड्लीले अर्को गोल गर्दै बेल्जियमलाई २ को विरुद्ध ३ गोल गर्दै जित हासिल गरेको थियो ।

जापानलाई जितेसंगै क्वाटर फाइनल चरण अर्थात अन्तिम ८ मा प्रवेश गरेको बेल्जियमको भेट अब क्वाटर फाइनलमा ब्राजिलसँग हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्