टिकापुर अस्पतालमा चार हात र चार खुट्टा भएको बच्चा जन्मिएपछि…



१९ असार २०७५, कैलाली

कैलालीको टिकापुर अस्पतामा आज विहान अनौठो शिशुको जन्म भएको छ । उक्त शिशुको दुई मेरुदण्ड, चार हात र चार खुट्टा रहेको छ ।

अहिले टिकापुर अस्पतालमा शिशुलाई हेर्न सर्वसाधारणको निकै भीड लागेपनि करिव ११ वजेतिर शिशुको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले बताए ।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले अस्पतालमा आज बिहान यस्तो अनौठो बच्चा जन्माएकी हुन् । गए राति बेथा लागेपछि सीतालाई अस्पताल ल्याईएको थियो । डा. खनाल भन्छन्, ‘उनको गर्भमा गर्भावस्थाको चेकजाँचमा नै यस्तो अनौठो बच्चा रहेकोे पत्ता लागेको थियो ।’

प्रतिक्रिया दिनुहोस्