‘जय शम्भु’को टिजर सार्वजनिक



असार १९, २०७५, काठमाडौँ

नेपालमा अधिकाशं कमेडी, एक्सन र लभस्टोरी जनराका चलचित्रहरु निर्माण हुने गर्दछन् । तर यहि आउँदो भदौ १ गतेबाट देशव्यापी रिलिज हुन लागेको चलचित्र ‘जय शम्भु’ लभस्टोरी र एक्सनको मिश्रणको रुपमा बनेको चलचित्र हो । चलचित्रको सार्वजनिक टिजरमा नायक अनुप विक्रम शाही र खलनायक प्रशान्त ताम्राकार विचको टकरावलाई देख्न सकिन्छ । नायिका बर्षा सिवाकोटी यस चलचित्रमा एकल नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । दिनेश शाहीको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा अरविन्द्र मान शाक्यको लगानी रहेको छ । चलचित्रका लेखक तथा निर्देशक रुपेश तामाङ हुन् । चलचित्रमा शिक्षा काफ्लेको कथा, हरि लामाको छायांकन, बनिष शाहको सम्पादन, टंक वुढाथोकीको संगीत रहेको छ ।

चलचित्रको टिजरमा नायक अनुप विक्रम शाही एक्सन अवतारमा देखिएका छन् । अर्का कलाकार प्रशान्त ताम्राकारको लुक्स ‘ऐश्वर्य’ चलचित्रमा भन्दा भिन्न देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्