
१८ असार २०७५, काठमाडौं
संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्वाचित भएपछि कोमल वली र उनकी बहिनी प्रज्ञा वली ‘वली सिस्टर्स’ को संयुक्त तीज गीत ‘आउ दीदी बहिनी हो गरौं रमाईलो’ आज सार्वजनिक भएको छ ।
गीतमा संगीतकार तथा गीतकार एकनारायण भण्डारी रहेका छन् भने ठेट नेपाली शब्द तथा मौलिक भाकाले गीतको महत्व अझ बढाएको देखिन्छ । युट्युवबाट सार्वजनिक गीतमा ‘वली सिस्टर्स’को दमदार नृत्य समेत देख्न सकिन्छ । गुणस्तरीय भिडियो र मौलिक संस्कृति समेटिएको तीज गीत वर्षकै उत्कृष्ट हुनेमा कुनै शंका छैन ।
अहिलेसम्म विवाह नगरेकी कोमलको ‘पोइला जान पाम’ गीतले चर्चासँगै आलोचना पनि खेप्नुपरेको थियो । गतवर्ष ‘वली सिस्टर्स’ले ‘म त नाँच्दिन क्यारे’ गीत समेत संयुक्त रुपमा गाएका थिए । नेपाली संचार, गीत संगीत, राजनीति क्षेत्रमा सुपरिचित कोमल वली भगवान शिवको भक्त समेत हुन् । त्यसैले आफ्नो गीत सोमवार नै सार्वजनिक गरेको परिवर्तन खबरलाई बताईन् ।





