
१८, असार २०७५, काठमाडौँ
नायिका प्रियंका कार्कीलाई हेर्ने हो भने उनलाई विश्वकपको रौनक खुबै लागेको छ । हरेक टिमको खेल शैलीको बर्णन गर्नदेखि उनीहरुको गोलको अपडेट उनले गरिरहेकी हुन्छिन् ।
आइतबार बेलुकी स्पेन र रसियाबिच भएको दोश्रो चरणको खेलमा प्रियंकाले स्पेनको समर्थन गरेकी थिइन् । उनी, स्पेनिस टिमको फ्यान हुन् । आफ्नो कुकुरलाई समेत स्पेनको टिसर्ट लगाइदिएर उनले टिमको समर्थन गरिन् । तर, स्पेनले उक्त गेम हारेपछि प्रियंका निराश भइन् ।
सो हारपछि प्रियंकाको तस्बिर राख्दै एक ट्रोल ग्रुपले ‘पी फर प्रियंका, पी फर पनौती’ भन्दै ट्रोल बनायो । यो ट्रोलमा आक्रोश पोख्दै प्रियंकाले कमेन्टमा लेखेकी छिन्,‘आधा नेपाल नै पनौती होला नी मेस्सी र रोनाल्डो घर गएपछि त । आज ब्राजिल पनि गयो भने त पुरै नेपाल नै पनौती होला, कि कसो ? कति हाँस्नु ? कती चर्चित बनाउँछौ हो मलाई ? कति यूज गर्ने मेरो अनुहार, ट्रोल बिकाउन ? ल ल गरी खाउ ।’





