‘सञ्जू’ ले कमायो ३ दिनमा १०० करोड



१८ असार २०७५, काठमाडौँ

बलिउड एक्टर रणबीर कपूर र सन्जय दत्त अभिनीत चलचित्र ‘सञ्जू’ ले अहिले बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । निर्देशक राजकुमार हिरानीको फिल्म ‘सञ्जू’ ले पहिलो दिनदेखि कमाईको मामलामा बक्सअफिसमा अत्यन्त राम्रो व्यापार गरेको छ । यो फिल्मले पहिलो दिन ३४.७५ र दोस्रो दिन ३८.६० करोड कमाएको थियो । अब यस फिल्मको तेस्रो दिनको कलेक्सन रिपोर्ट पनि सार्वजनिक भएको छ । ‘सञ्जू’ को तेस्रो दिनको कमाईले सबै फिल्मलाई पछाडि छाड्दै ’टप वान’ मा आफ्नो स्थान बनाएको छ ।

ट्रेड एनालिस्ट तरण आर्दशका अनुसार, फिल्मले प्रदर्शनको तेस्रो दिनमा ४६.७१ करोडको कलेक्सन गरेको छ । यस हिसाबबाट ‘सञ्जू’ ले तीन दिनमा कूल १ सय २० करोडको कमाई गरेको छ ।

‘सञ्जू’ ले रणबीरलाई अहिलेसम्मकै सबैभन्दा ठूलो गिफ्ट दिएको छ । यो उनको करियरको सबैभन्दा ठूलो ओपनिङ फिल्म बनेको छ ।

सञ्जू’ मा सुनील दत्तको भूमिकामा परेश रावल, नरगिसको भूमिकामा मनीषा कोइराला र मान्यता दत्तको भूमिकामा दिया मिर्जा छन् । यस्तै, उक्त फिल्ममा सोनम कपूर र अनुष्का शर्माको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्