
१७ असार २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित गुम्बा स्कुल, वृद्धाश्रम लगायत अन्य क्षेत्रमा क्षयरोगका जोखिमयुक्त माइक्रोस्कोपिक क्याम्पको बूनपा ११ कपनमा उद्घाटन भएको छ ।

कार्यक्रममा बूढानीलकण्ठ जनस्वास्थ्य शाखा संयोजक भवानी दाहाल, शहरी स्वास्थ्य केन्द्र कपनका प्रमुख कामदेव आचार्य, कपन गुम्बाका निर्देशक टासी ठुन्डु शेर्पा, शहरी स्वास्थ्य केन्द्र बूढानीलकण्ठका प्रमुख वविता खनाल, क्षयरोग फोकल पर्सन चिकित्सक कृष्णा देवी श्रेष्ठ, जनस्वास्थ्य अधिकृत द्वय प्रतिमा खरेल र उपमा दाहाल, कपन गुम्बाका बिद्यार्थीहरु लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

क्षयरोग नियन्त्रण चुनौतीपूर्ण बन्दै गएकोले बढ्दो शहरीकरण र जनचेतनाको अभावमा रोग लुकाउने प्रवृत्ति र बढ्दा जनसंख्या चाँपका कारण क्षयरोग निवारण चुनौतीपूर्ण बन्दै गएकोले नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको कार्यक्रमका एक सहभागीले बताए ।

कार्यक्रममा जनस्वास्थ्य शाखा बूढानीलकण्ठले कपन गुम्बा भित्र रहेको आर्य आषङग बौद्ध आधारभूत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको खकार परीक्षणका लागि बट्टा वितरण समेत गरेको थियो ।

कार्यक्रमको अध्यक्षता बूढानीलकण्ठ जनस्वास्थ्य शाखाकी संयोजक भवानी दाहालले गरेकी थिइन् भने संचालन अहेव हेम श्रेष्ठले गरेका थिए ।





