मन मिल्ने, संगीतलाई माया गर्ने मान्छे भए विहेका लागि ढिला गर्दिन : गायिका दुर्गा खरेल



१७ असार २०७५, काठमाडौं

दुर्गा खरेल नेपाली गीत संगीतको क्षेत्रमा नौलो नाम होइन । गायिका खरेलले ‘छुट्छकी साथ’, ‘सुन्छु तिमीले मलाई’, ‘किनकिन’, ‘काले केटा’ ‘सपना तिम्रो मेरो’  जस्ता थुप्रै लोकप्रिय गीतहरुमा जादूमय आवाज भरेकी छिन् ।

ठ्याकै कहिलेबाट  गीत गुनगुनाएँ भन्ने  उनलाई याद छैन् तर जब बुझ्ने भइन् त्यसपछि उनले विद्यालय स्तरीय गीत संगीतमा आफूलाई अब्बल बनाइन् । गायिका खरेलको  सम्झन लायक दिन बन्यो १३ वर्षअघि नेपाली ताराका लागि आवेदन  दिएको  त्यो दिन । अन्तिम दिन आवेदन  दिईन् र सुरु भयो गायनको महाअध्याय जसले उनलाई संगीतकी  विद्यार्थीबाट चर्चित गायिकाको कोटामा दर्यायो ।

त्यो बेला सम्झंदै दुर्गा भन्छिन्, ‘अनुभवको लागि भाग लिएको  शीर्ष  ६ मा पो पुगेँ जुन  मेरो जीवनमा संगीतको टर्निङ प्वाइन्टकै रुपमा रहन गयो ।’ झापामा हुँदै स्टेज कार्यक्रममा प्रस्तुती दिएकाले पनि दुर्गालाई नेपाली तारको मञ्चमा अप्ठयारो लागेन र खुलेर आफ्नो कला प्रस्तुत गर्न सफल भइन् ।

चर्चित गायन प्रतियोगिता नेपाली ताराको शीर्ष ६ मा पुगेको त्यो दिन देखि अहिलेसम्म आइपुग्दा जीवनमा धेरे कुराहरु महशुस गरिन् । सांगीतिक सेलीब्रेटी बनेकी खरेलले यस अन्तरालमा श्रोता र दर्शकलाई निराश पारिनन् र अझैपनि नेपाली संगीतमा त्यसरी नै लागेकी छिन् । जसरी १३ वर्षअघिको नेपाली ताराको मञ्चमा लागेकी थिइन् ।

गायनसँगै नक्कल
चुलबुले स्वभाव, निखर स्वर र पढाईमा पनि अब्बल अनि त उनको चर्चा हुने नै भयो ।  एसएलसी अघि नै आफ्नो कलाले मन्त्र मुग्ध बनाउने खरेल भन्छिन्, ‘गायनसँगै म नक्कल (क्यारिकेरचर)मा पनि उतिकै लाग्ने गर्थे ।’ स्कुल पढ्दाबाटै उनीमा एक खालको संगीत चेत थियो । जसले उनलाई  झापाबाट काठमाडौंसम्म संगीतकै सुरले तान्यो ।

नेपाली ताराको शीर्ष ६ मा पुग्दा
स्कुले जीवनपछि संगीत अध्ययनका लागि २०५९ सालमा राजधानी झरेकी दुर्गाले अनुराग संगीत विद्यालयमा संगीत अध्ययन गर्दै थिइन् । त्यसको केहि पछि २०६२ मा नेपाली तारा हुँदैछ भन्ने थाहा पाइन संयोग कस्तो रह्यो भने नेपाली ताराको आवेदनको अन्तिम दिन फर्म भरेकी दुर्गाले आफ्नो स्वरको अभ्यासका लागि भरेकी थिइन् तर उनी शीर्ष ६ मा पुग्न सफल भइन् । र राष्ट्रिय स्टार समेत बनिन्।

त्यो बेला सम्झंदै दुर्गा भन्छिन्, ‘अनुभवको लागि भाग लिएको  शीर्ष  ६ मा पो पुगेँ जुन  मेरो जीवनमा संगीतको टर्निङ प्वाइन्टकै रुपमा रहन गयो ।’ झापामा हुँदै स्टेज कार्यक्रममा प्रस्तुती दिएकाले पनि दुर्गालाई नेपाली तारको मञ्चमा अप्ठयारो लागेन र खुलेर आफ्नो कला प्रस्तुत गर्न सफल भइन् ।

दुर्गा भन्छिन्, ‘घरबाट पनि विवाहको कुरा आइरहेको छ। सायद मन मिल्ने, माया गर्ने संगीतलाई माया गर्ने र बुझ्ने मान्छेसँग अब ढिला गर्दिन ।’

‘दिल‘ बजारमा ल्याउँदा
नेपाली ताराको शीर्ष ६ मा पुगेपछि उनलाई एल्बम निकाल्ने दवाव धेरै आए तर उनले २०६६ सालमा मात्र ‘दिल’ नामक एल्बम बजारमा ल्याइन् । उक्त एल्बमले राम्रो बजार लियो र चर्चा चल्यो दुर्गा ढिला आए नि दुरुस्त आइन भन्ने ।

उनले भनिन्, ‘पहिलो गीत ल्याउने बेलामा निकै उत्साहित थिएँ । त्यति बेला गीत रेकर्ड गर्दा निकै व्यक्तिहरुले यो गीतबाट तिमीलाई चिनाउँछ भन्ने प्रतिक्रिया दिनुभएको थियो जसले चर्चा पायो र मलाई चिनायो पनि । अझ बढी यस एल्बममा समावेश ‘किनकिन’ बोलको गीतले चर्चा पायो र अवार्डका लागि नोमिनेशनमा पनि पर्यो ।’

प्ले ब्याक सिंगर
चलचित्र ’दिलमाया’मा समावेश ‘छुट्छकी साथ टुट्छकी नाता’ बोलको गीतले उनलाई प्ले ब्याक सिंगरको परिचय दियो ।  त्यस पछि उनले ‘विन्दास’  ,’सपना तिम्रो मेरो’ ,’कवज’, ‘चपली हाइट’, लगायतका चलचित्रको गीतमा आवाज भरिन् र हालसम्म निरन्तरता दिँदै आएकी छिन् ।

उनले केही बर्ष अघि काले केटा नामक एल्बम बजारमा ल्याईन् । जसले दुर्गाको सांगीतिक यात्रामा अर्को इट्टा थप्यो । दुर्गालाई उक्त एल्बमले झनै चर्चामा ल्यायो ।

विहे गर्ने सोच
गीत संगीतमा व्यस्त रहँदा उनलाई प्रेम गरौं विवाह गरौं भन्ने धेरै आए तर अब भने उनले त्यो मनस्थिति बनाएकी  छिन् । दुर्गा भन्छिन्, ‘घरबाट पनि विवाहको कुरा आइरहेको छ। सायद मन मिल्ने, माया गर्ने संगीतलाई माया गर्ने र बुझ्ने मान्छेसँग अब ढिला गर्दिन ।’

भेटेरै सुन्नु छ
उनले पछिल्लो समय ‘भेटेरै सुन्नु छ’ बोलको गीत बजारमा ल्याएकी छिन् । गायिका खरेलको गीत सार्वजनिक भएको एक हप्तामै युट्युबमा वान मिलियन भ्युयर्स पुगेको थियो  । गीत हिट भएपश्चात उनी भन्छिन्, ‘दर्शक श्रोताले गीत निकै मन पराउनु भएको छ र अझै सहयोग एवम् प्रतिक्रियाको अपेक्षा गरेको छु ।’

उनलाई परिवारको साथ सहयोग  निरन्तर रहेकाले काठमाडौंमा संघर्ष भने गर्नु परेन् । अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले गायिका खरेललाई  निकै सहयोग गरेका छन् ।साथै अनुराग संगीत विद्यालयले  पनि ।  सांगीतिक व्यस्तताले उनलाई  च्यापेकै छ । अब  दुर्गाका चलचित्र निरफूल, बाँधमायाले, क्याप्टेन लगायतका चलचित्रका गीत आउँदैछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्