
१७ असार २०७५, काठमाडौँ
‘फ्रिडम फ्रम फियर’ अवार्डबाट सम्मानित उर्मिला चौधरीले ११ वर्षका उमेरबाट कमलरी जीवनमा भोग्नुपरेको हिंसा, दमन, विभेददेखि दासतामुक्ति आन्दोलनमा खेलेको भूमिकाबारे आफ्ना अनुभव, भोगाइ, सिकाइबारे आज प्रस्तुति दिएकी छिन् ।
विवेकशील साझा पार्टीले आजदेखि उक्त शृङ्खला सञ्चालनमा ल्याएको पार्टीको सामाजिक न्याय तथा समावेशिता विभाग प्रमुखसमेत रहनुभएका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

पार्टीका संयोजक रवीन्द्र मिश्रले समनताविनाको समृद्धि दिगो हुन नसक्ने बताए । अर्का संयोजक उज्ज्वल थापाले समता अभियानमा नयाँ पुस्ता तयार हुनुपर्नेमा जोड दिए । शृङ्खलाको दाश्रो प्रस्तुति आगामी साउन दोस्रो साता हुने जनाइएको छ ।





