मनोज साङ्गसोनको तिमीबिना बजारमा



१७ असार २०७५ ,काठमाडौं

गायक तथा संगीतकार मनोज साङ्गसोन राईको शब्द र संगीतमा रहेको एक फरक स्वादको गीत तिमीबिना बजारमा आएको छ । पछिल्लो समयमा गायनमा भन्दापनि संगीतमा बढी देखिन थालेका मनोजको यो गीतमा पुजन इवराङ्ग लिम्बुको स्वर सुन्न सकिन्छ ।

ओपल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यो गीतलाई विष्णु अधिकारीले संगीत संयोजन गरेका छन् भने विप्लव अधिकारीले रेकर्डिङ्ग गरेका हुन् । मनोज साङ्गसोनको आफ्नै युटुब च्यानलबाट गीतको भिडियो सार्वजानिक भएको छ ।

घाम नहुँदा घामकै आभास , जून नहुँदा जूनकै आभास राज के छ तिमीभित्र मदहोश बनाउने त्यस्तो कुनै खास जस्ता प्रेमिल शब्दले भरिएको गीतको स्टुडियो भिडियो पनि सार्वजानिक भएको छ । मोहन कुमारले खिचेको भिडियोमा अनिल कुमार महर्जनले इडिट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्