बूनपा ११ मा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर)



१६ असार २०७५, काठमाडौं

बूनपा वडा नं. ११ वडा कार्यालयको आयोजना र बूनपा ११ सरोकार समाजको संयोजनमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।

बूनपा नगरप्रमुख उद्धव खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १८४ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । १०० जना जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिएको कार्यक्रममा २०० जना जेष्ठ नागरिकलाई पस्मिनाको ओढ्ने ओढाएर सम्मान समेत गरिएको थियो ।

स्वास्थय परीक्षण तथा औषधि वितरण लगायतको लागि हेल्पीङ्ग हेण्डस् सामुदायिका अस्पताल, शहरी स्वास्थ्य प्रवर्धन केन्द्र कपन, बाल अपाङ्ग टेवा संस्था, सिल्भर साईन बोर्डिङ्ग स्कूल र साम्तेन मेमोरियल स्कूलले विशेष सहयोग गरेको थियो ।

कार्यक्रममा मनोसामाजिक परामर्श, स्वस्थ रहन ध्यान तथा योगको कक्षा संचालन गरिएको थियो भने आउने सवै जेष्ठ नागरिकलाई यातायातको व्यवस्था समेत गरिएको थियो ।

वडाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक तथा स्वागत मन्तव्य भावना केसीले गरेकी थिईन् भने सम्मानित जेष्ठ नागरिकहरु मध्येबाट चित्रबहादुर केसीले आफ्नो धारणा राखेको जानकारी समाजसेवी डेण्डी शेर्पाले परिवर्तन खबरलाई दिए ।

      

प्रतिक्रिया दिनुहोस्