
१५ असार २०७५, काठमाडौं
‘मानो रोपेर मुरी फलाउने’ असार महिनाको दहि चिउरा खाँदै रोपाई गर्ने पर्व युवा पुस्ताका लागि हिलोमा खेल्ने पर्वको रुपमा परिणत हुँदैछ ।

हिलो नै छुन घिन मान्ने शहरी तन्नेरीहरुका लागि यो पर्वले माटोसँग सामिप्यता जोडेको देखिन्छ । मनोरञ्जनका क्रममा युवाहरु हिलोमा फुटबल खेल्नेदेखि सेल्फी हान्नसम्म भएपनि शरीरभरी हिलो पोतेको देखिन्छ ।

नेपाल घुम्न आएका विदेशी पर्यटकहरु असार १५ मा नेपाली सँगै हिलो खेल्दै र धान रोप्दै गरेका दृश्यहरु साँचै नै रोमाञ्चक र साँस्कृतिक अन्तर घुलनको माध्यम बनेका छन् ।










