पोखरा नेपाली जुत्ता घरमा ग्राहकहरुको अत्याधिक भीड, सूपथ मूल्यमा गुणस्तरीय जुत्ताचप्पल किन्नेको ताँती



१५ असार २०७५, पोखरा

पोखरा नेपाली जुत्ता घरले पोखरामा आयोजना गरिरहेको समर सेल मेला ग्राहकहरुले अत्याधिक रुचाएका छन् । पोखरा नेपाली जुत्ता घर सिद्धार्थ चोक चिप्लेढुंगामा रहेको आधिकारीक शोरुममा ग्राहकहरुको अत्याधिक भीडका साथमा नेपाली उत्पादनहरु बिक्री भईरहेको छ ।

नेपाली जुत्ता चप्पल उत्पादनहरु निकै गुणस्तरीय र आकर्षक भएको हुँदा अधिक  ग्राहकहरुले मन पराएको एक ग्राहक हरी लेकालीले बताए । ‘नेपाली जुत्ता चप्पल आकर्षक डिजाइनमा आउने र निकै टिकाउ रहेको मैले अनुभव गरेको छु, जसले गर्दा यो पटक पनि नेपाली जुत्ता किन्न आएको हुँ ।’–उनले भने ।

पोखरा नेपाली  जुत्ता घरले प्रचलित बजार मूल्य भन्दा तीन गुणा सस्तो मूल्यमा नेपाली जुत्ता चप्पल समर सेल मेला भरी उपलब्ध गराउनेछ । जसमा पोखरावासीहरुले आफ्नो चाहना र डिजाइन अनुसारको उत्पादनहरु किन्न सक्नेछन् ।

हाल पोखराका ग्राहकहरुको मागका कारण नेपाली ब्राण्डहरुले आफ्ना उत्पादनहरुको विशेष मुल्य कायम गरेका छन् । नेपाली जुत्ता घरमा रहेका ९ नेपाली जुत्ताचप्पल उत्पादक कम्पनीहरुले ग्राहकहरुका लागि विशेष मुल्यमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन् ।

कम्पनीहरुले न्यूनतम १ हजार रुपैयामा नै नेपाली ब्राण्डका जुत्ता बिक्री गरिरहेका छन, जहाँ बालक, वृद्ध, महिला, स्कूले विद्यार्थी, जागिरेहरुका लागि फरक–फरक डिजाइन र स्टाईलका जूत्ता चप्पलहरु उपलब्ध गराएका छन् ।

नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले पोखरावासीका लागि विशेष उत्सवको रुपमा समर सेल मेला आयोजना गरेको जानकारी दिए ।

‘हामीले पोखराका हाम्रा ग्राहकहरुका लागि आकर्षक डिजाइन र गुणस्तरीय जुत्ताचप्पलहरु विशेष मूल्यमा बिक्री गरिरहेका छौं, हरेक पोखरावासीलाई सुहाउने गरी उत्पादनहरु ल्याएका छौं, पोखरावासीले पनि नेपाली उत्पादनहरुलाई मनपराउनु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं,’ उनले भने ।

कम्पनीमा आवद्ध ९ वटै नेपाली ब्राण्डले आफ्ना फरक–फरक उत्पादनहरुमा विशेष मूल्य र अफर कायम गरेका छन् । यस्तो अवसर न यस अघि आएको थियो न यसपछि नै आउनेछ, त्यसैले हरेक नेपालीको पाईलामा नेपाली ब्राण्डका जुत्ता चप्पल पुर्याउने लक्ष्यलाई पुरा गर्न पनि पोखरावासीले पनि नेपाली उत्पादन नै रोज्नुपर्दछ ।

समर सेलमा बिएफ डियरहिल सुजले ३,०८० रुपैयाँ बजार मूल्य पर्ने जुत्ता हाल १,००० अफर मूल्यमा बिक्री गरिरहेको छ जहाँ न्यूनतम १ हजार रुपैयाँमा नै नयाँ उत्पादन किन्न पाईनेछ । कम्पनीले ९ वटा फरक फरक मोडलका उत्पादनहरुमा विशेष छुट मूल्य दिएको छ । साथै बिएफ डियरहिल सुजका छालाका चप्पल रु.१,००० मा पाइनेछ, उक्त चप्पलको बजार मूल्य १,४०० र १,७०० पर्दछ, र छालाकै बेल्टहरु ५०० र ८०० मा पाईनेछन् ।

त्यस्तै शिखर सुजले ८,५०० रुपैयाँ पर्ने जुत्ता ६,८०० रुपैयाँमा ग्राहकहरुलाई उपलब्ध गराएको छ, जसले न्यूनतम १,५०० रुपैयाँमा नै शिखर सुजका उत्पादनहरु बिक्री गरिरहेकोछ। शिखर सुजले आफ्ना ८ वटा मोडलका उत्पादनहरुमा विशेष मुल्य कायम गर्दै ग्राहकहरुलाई नयाँ अफर दिएको छ ।

कोशेली ब्राण्डले पनि ३,०९५ रुपैयाँ पर्ने जुत्तालाई २,००० रुपैयाँमा नै ग्राहकहरुका लागि बिक्रीका लागि राखेको छ भने यस कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयाँमा आफ्ना जुत्ताहरु बिक्री गरिरहेको छ । कम्पनीले विभिन्न ५ मोडलका उत्पादनहरुमा विशेष अफर दिएको छ ।

क्रसरोड ब्राण्डले आफ्ना ग्राहकहरुका लागि न्यूनतम ८,०० रुपैयाँमा नै जुत्ता चप्पल बिक्री गर्ने योजना राखेको छ । यस कम्पनीले ३,८९५ पर्ने जुत्ता समर सेल मेलामा ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ । कम्पनीले आफ्ना विभिन्न ६ मोडलका उत्पादनहरुमा विशेष छुट दिने भएको हो ।

स्काई सुज ब्राण्डले समर सेल मेलाको अवसर पारेर अफर मूल्यमा जुत्ता चप्पल बिक्री गरिरहेको छ । कम्पनीले २,७९० रुपैयाँ पर्ने जुत्तालाई अफरमा १,५०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने न्यूनतम १,००० रुपैयाँमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ ।

टाकुरा ब्राण्डले ग्राहकहरुका लागि समर सेल मेलामा आफ्ना उत्पादनहरु विशेष छुट मूल्यमा बिक्री गरिरहेको छ। जहाँ कम्पनीले बजार मूल्य २५९० पर्ने जुत्तालाई मेलामा १,८०० रुपैयाँमा नै बिक्री गरिरहेको छ । त्यस्तै कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयामा पनि आफ्ना केहि उत्पादनहरु ग्राहकहरुलाई उपलब्ध गराईरहेको छ ।

लेदर विंग्स ब्राण्डले आफ्ना ५ वटा मोडलका जुत्ता चप्पलहरुमा विशेष छुट दिएको छ । समर सेल मेलामा कम्पनीले ३,८५० रुपैयाँ बजार मूल्य रहेको उत्पादन ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

लेडिज शुज ब्राण्ड शुल्याण्डले पनि आफ्ना उत्पादनहरुमा विशेष अफर मूल्य कायम गरेको छ । कम्पनीले समर सेल मेलामा विभिन्न मोडलका स्याण्डलहरु ४,०० र ४,५० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

समर सेल मेलामा सफ्टच ब्राण्डले पनि आफ्ना विभिन्न मोडलका जुत्ताहरु बिक्रि गरिरहेको छ, जहाँ कम्पनीले ७ मोडलका उत्पादनहरु अफर मूल्यमा ग्राहकहरुलाई बिक्री गरिरहेको छ ।

मेलाको अवसर पारेर नै बिएफ डियर हिलको १,७५० रुपैयाँ बजार मूल्य रहेको लेदर चप्पल १,४०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने १,३३० रुपैयाँ पर्ने लेदर चप्पल १,००० रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै शिखरले जेन्स चप्पल ४,०० रुपैयाँमा बिक्री गरिरहेको छ भने लेडिज चप्पल ३,०० रुपैयाँमा बिक्री गरिरहेको छ । शिखरले बजार मूल्य २,७०० पर्ने स्पोर्टस सुज समर सेल मेला अवधिभर १,५०० रुपैयामा उपलब्ध गराएको छ ।

यो बाहेक सबै कम्पनीहरुले समर सेल मेलामा फ्याक्ट्रिबाट उत्पादित नयाँ रेगुलर जुत्ताहरुको खरिदमा २० प्रतिशतसम्मको छुट दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्