गोरखामा हलो जोत्दै पूर्वप्रधानमन्त्री भट्टराइ…



१५ असार २०७५, गोरखा

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले असार १५ गते अर्थात धान दिवसको अवसर पारेर गृहजिल्ला गोरखामा रोपाईं गरेका छन् ।

सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा टिसर्ट र हाफपाइन्ट लगाएर रोपाईमा सहभागी भएका भट्टराईले त्यहाँ उनले बीउ काड्ने, गोरु जोत्ने, हिल्याउने र बाउसे गर्ने काम गरेका थिए ।

रोपाईं पश्चात भट्टराइले, ‘कृषि प्रधान देश भएकाले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।’

प्रतिक्रिया दिनुहोस्