
एजेन्सी । पतिको हिंसाबाट पीडित महिलाहरुलाई विभिन्न स्थानमा आश्रम दिएर राखिएको खबर त बिरलै भेटिन्छन् । तर भारतमा भने पत्नीबाट पीडित भएका पुरुषहरुका लागि पनि आश्रम स्थापना भएको छ भन्दा पत्याउन गाह्राे पर्ला। हो, भारतको औरंगावादमा लोकलाजका डरले आफूमाथि पत्नीले गरिरहेको हिंसा लुकाउन बाध्य पुरुषहरुका लागि ध्यान दिएर पत्नीपीडित पुरुषहरुका लागि आश्रम खोलिएको छ ।
कुरा यस्तो पनि हो, उक्त आश्रमका संस्थापक सञ्चालक भारत फुलारे आफैं पत्नी पीडित हुन् । उनकी श्रीमतीले उनीविरुद्ध घरेलु हिंसासम्बन्धी कैयाैं मुद्दा परेपछि पत्नीबाट मुद्दाको भारी बोकेर पीडित हुनुपरेका फुलारेले सन् २०१६ को नोभेम्बर १९ मा पुरुष अधिकार दिवसका दिन उक्त आश्रमको उद्घाटन गरेका थिए ।
पत्नी पीडित उक्त आश्रममा ५ सयभन्दा धेरै पुरुष आएर परामर्श सेवा लिइसकेको संचालक फुलारे बताउँछन् । उक्त आश्रममा बस्नका लागि भने एउटा शर्त छ । त्यहाँ त्यस्ता पुरुषहरु मात्र बस्न पाउँछन्, जसको विरुद्धमा उनका श्रीमतीले कम्तीमा पनि २० वटा मुद्दा हालेकाे हुनुपर्नेछ ।
त्यहाँ हरेक शनिवार र आइतबार पत्नी पीडित पुरुषहरुका लागि परामर्श सेवा दिने गरिएको छ ।





