
एजेन्सी । कुनैपनि रुखमा निर्वस्त्र नारीहरु फल्छन् भन्दा अविश्वास लाग्न सक्छ तर यो वास्तविक हो । थाईल्याण्डको जंगलमा पाइने एकप्रकारको रुखमा निर्वस्त्र नारी आकृतिहरु झुण्डिएको देख्न पाइन्छ । कपडा नलगाएका नारीहरुको कपाल रुखका हाँगाहरुमा अड्किएका हुन्छन् र शरीर हाँगामा झुण्डिएका हुन्छन् ।
तर ती वास्तविक मानव नारी भने होइनन् । वास्तवमा यी नारी आकृती भएको चीज थाईल्याण्डमा पाइने नैरीफन जातको रुखमा फल्छ । यो थाईल्याण्डको जंगलमा पाइने विशेष प्रजातिको रुख हो । यस रुखको हाँगामा हरियो रंगको विशेष चीज फल्छ जुन हेर्दा निरवस्त्र महिला आकृतीजस्तै देखिन्छ । तर हालसम्म त्यो फल हो या सब्जी भन्ने पुष्टि भएको छैन ।
नैरीफन रुखबारे थाईल्याण्डमा एउटा जनश्रुति छ । त्यहाँका बासिन्दाहरुका अनुसार त्यस जातको रुखलाई भगवान् गौतम बुद्धले हिमाफनको जंगलमा रोपेका थिए । भगवान् गौतम बुद्धले देखाएको मार्गमा मानिसहरु हिड्न छोडेको दिन ती रुखहरु पनि हराएर जाने त्यहाँ विश्वास छ ।
त्यस्तो फल रुखमा सात दिनसम्मका लागि उम्रिन्छ र यदि फललाई कसैले टिपेन भने त्यो झरेर आफै नष्ट हुन्छ । मानिसहरु त्यस फलमा जादुगरी शक्ति भएको विश्वास गर्छन् ।





