
१५ असार २०७५
संसारमा अनेकन अनौठा घटना घट्ने गर्छन् । जुन सुन्दा र देख्दा पत्याउन नसकिने खालका हुन्छन् । हालै सिंगापुरमा यस्तै एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँका एक युवकले विषालु गोमन सर्पसँग विवाह गरेका छन् । गोमन सर्प देख्दा जोकोही पनि तर्सिन्छन् तर ती युवक चाहीँ सँगै खाने, सुत्ने, घुमफिर गर्ने, खेल्ने गर्दछन् र कतै पिकनिक जाँदा पनि सर्पलाई लिएर जान्छन् । युवकले गर्नुको पछाडी निकै अनौठो तथा दर्दनाक कहानी रहेको छ ।
ती युवकका अनुसार उनकी एक प्रेमिका थिइन् जसको ५ वर्षअघि मृत्यु भएको थियो । उनले आफ्नाी प्रेमिकालाई निकै प्रेम गर्ने गर्दथे । प्रेमिकाको मृत्युपछि सर्पसँग उनको प्रेम र लगाव यसरी बढ्यो कि उनले सोँचे मृतक प्रेमिका सर्पको रुप धारण गरेर आएकी छिन् । अनि उनले त्यही सर्पसँग बिहे गरे ।
ती युवक बौद्ध धर्मावलम्बी भएको र पुर्नजन्ममा विश्वास गर्ने भएकाले सर्पलाई आफ्नी प्रेमिकाको पुर्नजन्मको रुपमा लिएको बताईएको छ । एजेन्सी





