अत्याधिक गर्मीका कारण मानसिक र शारीरिक पिडा भएको भन्दै युवकद्वारा सूर्य भगवान विरुद्ध उजुरी



१४ असार २०७५

भारतको मध्यप्रदेश राज्यको शाजापुर जिल्लामा एक व्यक्तिले अत्याधिक गर्मीका कारण हैरान भएर सूर्य देवता विरुद्ध मुद्दा दायर गरेका छन् । सामाजिक संजालमा भाइरल यस खबरलाई जानकारहरुले फिल्मी शैलीको घट्ना भएको बताउँछन् । केही मानिसहरुले यसलाई परेश रावल अभिनित फिल्म ‘ओएमजी’ सँग तुलना गरेका छन् ।

फिल्म ओएमजीमा पनि परेश रावलले बिमा दाबी गर्दै भगवानमाथि केस ठोकेका थिए । त्यस्तै यी मध्यप्रदेशका युवकले पनि बेहाल पार्ने गर्मीका लागि सूर्य देवतामाथि मुद्दा दायर गरेका छन् । मुद्दा दायर गर्ने ती युवकको नाम शिवपाल सिंह बताइएको छ । शिवपालले शाजापुर थानामा आफ्नो उजूरी दर्ता गराएका थिए ।

सूर्य भगवान विरुद्धको उजूरीमा शिवपालले लेखेका छन्,‘म विगत एक हप्तादेखि आकाशबाट बर्सिरहेको आगोको कारण मानसिक र शारीरिक रुपमा कष्ट सही रहेको छु । यो गर्मीको कारणले मलाई मानसिक र शारीरिक दुबै तरिकाले पीडा भैरहेको छ ।’

शिवपाल आफ्नो उक्त उजूरीमाथि एक्सन लिँदै भारतीय संविधानको अनुसार आवश्यक कानुनी धारामा कारावाही भएको देख्न चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्