ज्योति मगर र भूमिका गिरीको ‘तीज’ गीत बजारमा आउँदै



१५ असार २०७५, काठमाडौं

मोडल तथा लोक गायिका ज्योति मगरसँगको सहकार्यमा गायिका भूमिका गिरीले नयाँ तीज गीत बजारमा ल्याउने भएकी छिन् । उनले बिशेषतः नेपाली नारीहरुको महानपर्वको रुपमा तीजलाई मनाइने भन्दै दुई नारीकै आवाजमा रहने गरी तीज गीत सार्वजनिक गर्न लागेकी हुन् । गीतमा भूमिका र ज्योतीको स्वर रहनेछ ।

रातैपर्न लाग्यो दिदि तिमीलाई नै पर्खँदा,
ओई‘रक्सी चाहिन्छ भन्छेऊ अरे तीजमा दर खाँदा

मालश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा नेत्र अर्यालको शब्द छ भने खेम सेन्चुरीले संगीत भरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्