लाखौं डुबाएकी अमृताले रवि लामिछानेका कारण पाईन नयाँ जीवन (भिडियो सहित)



१४ असार २०७५, काठमाडौं

व्यवसाय गरेर लाखौं कमाएकी अमृतालाई जापान लाने आश्वासन देखाई ४० लाख रुपैंयाँ ठगी गरेका एक अपरिचित व्यक्तिबाट न्याय पाउन रवि लामिछानेले सहयोग गरेको उनी बताउँछिन् ।

एक सामान्य धागो काट्ने व्यवसायबाट सफल व्यवसायी बनेकी अमृतालाई वीर अस्पतालको डाक्टर हुँ भनी क्रिस त्रिपाठी नामको व्यक्तिले झुक्याएको थियो । आफू जापानको नागरिक भैसकेको बताउने त्रिपाठीले उनलाई जापानमा व्यवसाय गर्न सहयोग गर्ने प्रलोभनमा पारी डकुमेन्ट समेत लगेको उनी बताउँछिन् ।

क्रिसले अमृताको ३१ लाख ७ हजार ५ सय आठ रुपैंयाँ र चौध बोरा ग्रार्मेन्टको सामान ठगी गरेका थिए । ठगी गरेको थाहा पाएपछि प्रहरीलाई उजुरी गर्न सोह्रखुट्टे पुगेकी थिइन् । नाम परिवर्तन गरेर हिडिरहेको ठगलाई मोबाइलको लोकेशनबाट पत्ता लगाई उसको आफन्त मार्फत त्रिपाठीलाई अमृताले पक्राउ गरेकी थिईन् । ठगी आरोपमा आफ्नो परिचय खुलेपछि त्रिपाठीले अमृतालाई तीन पटक सम्म आक्रमण गरेको उनी बताउँछिन् ।

आक्रमण धेरै भैसकेपछि उनी न्युज २४ को लोकप्रिय कार्यक्रम सिधाकुरा जनतासँगका संचालक रवि लामिछाने कहाँ न्यायको लागि पुगेकी थिइन् । रविले अमृतालाई सहि बाटो देखाई कारबाहीमा सहयोग गरेर आफूले न्याय पाएको अज्जली बताउछिन् । रवि नभए आफुले न्याय कहिले नपाउने बताउने अमृता नयाँ जीवन पाएको अनुभुती गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्