निजामती सेवाका संरचनाको टुङ्गो लाग्दै



१४ असार २०७५, झापा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीको चीन भ्रमणपछि अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ भएकोे र अब सरकारले घरेलु मामिलालाई बलियो बनाउने बताएका छन् ।

स्थानीय चन्द्रगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निजामती सेवाका संगठनात्मक संरचना, दरबन्दीको टुङ्गो र स्थानान्तरणको काम सरकारले सक्न लागेको जानकारी दिए । प्रतिपक्षले उठाएका असल कुरालाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि सरकार अघि बढ्ने मन्त्री बाँस्कोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्