हलिउड डेब्यू फिल्ममा ज्याकलिनको किस सिनको चर्चा (भिडियो सहित)



१४ असार २०७५, काठमाडौं

श्रीलंका मुलकी चर्चित बलिउड सुन्दरी नायिका ज्याकलिन फर्नानडिजको हलिउड डेब्यु चलचित्र ‘डेफिनेशन अफ फियर’को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरमा उनी निकै बोल्ड भूमिकामा देखा परेकी छिन् ।

‘अलादिन’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी उनले हलिउड फिल्म ‘डेफिनेशन अफ फियर’ मो दिएको किस सिनको व्यापक चर्चा भएको छ । यसअघि विभिन्न फिल्म फेस्टिभलमा रिलिज भईसकेको यो फिल्म अगस्टमा रिलिज हुने निर्माण युनिटले जनाएको छ । बलिउडमा निकै नै प्रगति गरकी ज्याकलिनले हलिउडमा भने कस्तो काम गरेर देखाउनेछिन् त्यो भने फिल्म रिलिज भएपश्चात नै थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्