
१२ असार २०७५, काठमाडौं
नेपाली सिने बजारमा आफ्नो अभिनय तथा सुन्दरताका कारण चर्चित नायिका आँचल शर्मा र नायक आकाश श्रेष्ठको मुख्य अभिनय रहेको चलचित्र ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक गरिएको छ ।
आश्मा पाण्डेको निर्माण तथा प्रदिप श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘ब्ल्याक’को रिलिज मिति भने तोकिएको छैन । चलचित्रको छायाँकन सकिएको लामो समय भएता पनि ट्रेलर सार्वजनिकिकरणमा ढिला भएको निर्माण पक्षले जनाएको छ ।
‘ब्ल्याक’को पल–पल हरपल र चङ्गा जस्तै बोलको गीत अगाडी नै रिलिज गरिएको छ ।





