भोलि असार १५ अर्थात राष्ट्रिय धान दिवस



१४ असार २०७५ ,काठमाडौं

कृषिप्रधान मुलुक नेपालमा असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा पनि लिइने गरिन्छ । जुन दिन नेपालका अधिकांस खेतीयोग्य जमिनहरूमा धान रोपेर धान दिवस मनाइने गरिन्छ । कृषिप्रधान देश भएको हुनाले पनि नेपालको अधिकांस मानिसको प्रमुख पेसा खेतीपाती नै हो भन्दा दुई मत छैन ।

असार महिनाभरी निरन्तर काम गरेर बर्ष दिनलाई पुग्ने अन्नपात जुटाउन किसानहरु तल्लिन हुने गर्दछन । भोलि असारे भाका गाउदै खेतमा धान रोपेर असार महिना मनाउने गरिन्छ । यो नेपालीहरुको धेरै पुरानो परम्परा पनि हो । विशेषत यो दिन दहि चिउरा खाने चलन रहेको छ ।

मध्य गर्मीको समयलाई छल्न पनि किसानहरु खेतमा हिलो खेल्ने गर्दछन । दबदब परेको हिलोमा छुपुछुपु धान रोप्दै एक आपसमा हिलो च्यापेर रमाउने गरिन्छ । असार १५ मा दहि चिउराको खाजालाई एक परिकरकै रुपमा लिइने गरिन्छ । दहि चिउरा खाँदा कामको चटारोले थाकेको शरीरमा शक्ति प्राप्त हुने विश्वास छ । असार १५ लाई राष्ट्रिय धान दिवसको साथ साथै दहि चिउरा खाने पर्वको रुपमा पनि चिनिने गरिन्छ ।

भोलिको दिनलाई सरकारी स्तरबाटै विगत १५ वर्ष देखि औपचारिक रुपमा राष्ट्रिय धान दिवस मनाउदै आएको छ । खेतीपाती बाहेक अन्य पेसा व्यावसायमा लागेकाहरुले पनि भोलि दहि चिउरा खाएर असार १५ मनाउने गर्दछन् ।

भोलिको दिनबाट मनसुनको सुरुवात भएर औपचारिक रुपबाटै धान खेतीको सुरुवात भएको मानिन्छ । भोलि अधिकांस कृषकहरु हिलोमा पसेर एक अर्कामा हिलो छ्याप्दै रोपाई शुरु गर्ने गर्दछन । भोलि सरकारका प्रमुख व्याक्ति , मन्त्री तथा नेताहरुले समेत हिलोमा पसेर धान रोप्ने अनि हिलो खेलेर दहि चिउराको खाजा खाने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्