
१४ असार २०७५, काठमाडौं
नेपालका चर्चित ५ नायक अनमोल केसी, प्रदिप खड्का, पल शाह, पुष्पल खड्का र दयाहाङ राई २०१८ को बेस्ट एक्टरको नोमिनेशनमा परेका छन् ।
वर्षकै उत्कृष्ट प्रदर्शन गरेका ५ नायकहरु मध्ये १ जनालाई सो अवार्ड प्रदान गरिनेछ । अनमोल केसी ‘कृ’, प्रदिप खड्का ‘लिलिबिली’, पल शाह ‘शत्रु गते’, दयाहाङ राई ‘घामपानी’ र पुष्पल खड्कालाई ‘मंगलम’बाट नोमिनेशनमा परेका हुन् ।





