
१४ असार २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भएको स्वच्छ मासु विक्रि वितरण सम्वन्धि तालिम बूनपा १२ कपनमा उद्घाटन भएको छ ।

बूनपा १२ का वडाध्यक्ष शम्भु भट्टराईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु प्रशिक्षक विशिष्ट पशु चिकित्सक डा. पर्शुराम भूषाल, स्वास्थ्य पशु प्राविधिक निर्मला गैरे, बूनपा पशु चिकित्सक काजी बहादुर श्रेष्ठ तथा अन्य मासु व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतितिथि भट्टराईले स्वच्छ मासु कसरी धेरै भन्दा धेरै बेच्न सकिन्छ, त्यस्ता खालका विधि अपनाउन तथा व्यवसाय गर्दा अरुलाई असर नपर्ने गरी गर्न प्रोत्साहन गर्दै सम्पुर्ण पसलहरु दर्ता गर्न आग्रह गरेका थिए ।

मासु काड्दा अनिवार्य एप्रोन लगाउने, कपडाले मासु छोप्न नहुने, मासुबाट बन्ने खाद्यपदार्थमा मिसावट रोक्न र मासु तथा मासुजन्य पदार्थको उपभोगबाट जनताको स्वस्थ्य र हित कायम राख्न प्रशिक्षक डा. भूषालले प्रसिक्षार्थीलाई सुझाव दिएका थिए ।






