नेपाली जुत्ता घरको समर सेल मेलामा ४,५०० रुपैयाँ पर्ने जुत्ता रु. १,५०० मा



१४ असार २०७५, काठमाडौं

नेपाली जुत्ता घरले आयोजना गरिरहेको समर सेल मेलामा ग्राहकहरुको अत्यधिक मागका कारण विभिन्न नेपाली ब्राण्डहरुले आफ्ना उत्पादनहरुको विशेष मुल्य कायम गरेका छन् । नेपाली जुत्ताघरमा रहेका ९ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरुले ग्राहकहरुका लागि विशेष मुल्यमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेका छन् ।

कम्पनीहरुले ७० प्रतिशतसम्मको छुटमा समर सेल मेलामा उत्पादनहरु बिक्री गरिरहेकोमा हाल विशेष मूल्यमा उत्पादनहरु बिक्री गर्ने सार्वजनिक गरेका हुन् ।

समर सेलमा बिएफ डियरहिल सुजले ४,५०० रुपैयाँ बजार मूल्य पर्ने जुत्ता हाल १,५०० अफर मूल्यमा बिक्री गरिरहेको छ जहाँ न्यूनतम १ हजार रुपैयाँमा नै नयाँ उत्पादन किन्न पाईनेछ । कम्पनीले ९ वटा फरक फरक मोडलका उत्पादनहरुमा विशेष छुट मूल्य दिएको छ । साथै बिएफ डियरहिल सुजका छालाका चप्पल रु.१,००० मा पाइनेछ, उक्त चप्पलको बजार मूल्य १,४०० र १,७०० पर्दछ, र छालाकै बेल्टहरु ५०० र ८०० मा पाईनेछन् ।

त्यस्तै शिखर सुजले ८,५०० रुपैयाँ पर्ने जुत्ता ६,८०० रुपैयाँमा ग्राहकहरुलाई उपलब्ध गराएको छ, जसले न्यूनतम १,५०० रुपैयाँमा नै शिखर सुजका उत्पादनहरु बिक्री गरिरहेकोछ। शिखर सुजले आफ्ना ८ वटा मोडलका उत्पादनहरुमा विशेष मुल्य कायम गर्दै ग्राहकहरुलाई नयाँ अफर दिएको छ ।

कोशेली ब्राण्डले पनि ३,०९५ रुपैयाँ पर्ने जुत्तालाई २,००० रुपैयाँमा नै ग्राहकहरुका लागि बिक्रीका लागि राखेको छ भने यस कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयाँमा आफ्ना जुत्ताहरु बिक्री गरिरहेको छ । कम्पनीले विभिन्न ५ मोडलका उत्पादनहरुमा विशेष अफर दिएको छ ।

क्रसरोड ब्राण्डले आफ्ना ग्राहकहरुका लागि न्यूनतम ८,०० रुपैयाँमा नै जुत्ता चप्पल बिक्री गर्ने योजना राखेको छ । यस कम्पनीले ३,८९५ पर्ने जुत्ता समर सेल मेलामा ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ । कम्पनीले आफ्ना विभिन्न ६ मोडलका उत्पादनहरुमा विशेष छुट दिने भएको हो ।

स्काई सुज ब्राण्डले समर सेल मेलाको अवसर पारेर अफर मूल्यमा जुत्ता चप्पल बिक्री गरिरहेको छ । कम्पनीले २,७९० रुपैयाँ पर्ने जुत्तालाई अफरमा १,५०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने न्यूनतम १,००० रुपैयाँमा आफ्ना उत्पादनहरु बिक्री गरिरहेको छ ।

टाकुरा ब्राण्डले ग्राहकहरुका लागि समर सेल मेलामा आफ्ना उत्पादनहरु विशेष छुट मूल्यमा बिक्री गरिरहेको छ। जहाँ कम्पनीले बजार मूल्य २५९० पर्ने जुत्तालाई मेलामा १,८०० रुपैयाँमा नै बिक्री गरिरहेको छ । त्यस्तै कम्पनीले न्यूनतम मूल्य १,००० रुपैयामा पनि आफ्ना केहि उत्पादनहरु ग्राहकहरुलाई उपलब्ध गराईरहेको छ ।

लेदर विंग्स ब्राण्डले आफ्ना ५ वटा मोडलका जुत्ता चप्पलहरुमा विशेष छुट दिएको छ । समर सेल मेलामा कम्पनीले ३,८५० रुपैयाँ बजार मूल्य रहेको उत्पादन ३,००० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

लेडिज शुज ब्राण्ड शुल्याण्डले पनि आफ्ना उत्पादनहरुमा विशेष अफर मूल्य कायम गरेको छ । कम्पनीले समर सेल मेलामा विभिन्न मोडलका स्याण्डलहरु ४,०० र ४,५० रुपैयाँमा नै उपलब्ध गराएको छ ।

समर सेल मेलामा सफ्टच ब्राण्डले पनि आफ्ना विभिन्न मोडलका जुत्ताहरु बिक्रि गरिरहेको छ, जहाँ कम्पनीले ७ मोडलका उत्पादनहरु अफर मूल्यमा ग्राहकहरुलाई बिक्री गरिरहेको छ ।

मेलाको अवसर पारेर नै बिएफ डियर हिलको १,७५० रुपैयाँ बजार मूल्य रहेको लेदर चप्पल १,४०० रुपैयाँमा नै उपलब्ध गराएको छ भने १,३३० रुपैयाँ पर्ने लेदर चप्पल १,००० रुपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै शिखरले जेन्स चप्पल ४,०० रुपैयाँमा बिक्री गरिरहेको छ भने लेडिज चप्पल ३,०० रुपैयाँमा बिक्री गरिरहेको छ । शिखरले बजार मूल्य २,७०० पर्ने स्पोर्टस सुज समर सेल मेला अवधिभर १,५०० रुपैयामा उपलब्ध गराएको छ ।

यो बाहेक सबै कम्पनीहरुले समर सेल मेलामा फ्याक्ट्रिबाट उत्पादित नयाँ रेगुलर जुत्ताहरुको खरिदमा २० प्रतिशतसम्मको छुट दिएका छन् ।

नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले ग्राहकहरुको अत्यधिक मागका कारण सबै कम्पनीहरुले नयाँ अफर मूल्यमा उत्पादनहरु बिक्री गर्न थालेको जानकारी दिए । ‘हामीले जहिले पनि नेपाली ब्राण्ड मनपराउने ग्राहकहरुलाई केहि न केहि सुविधाहरु दिईरहेका हुन्छौं, यो वर्ष हामीले अफर मूल्यमा हाम्रा जुत्ता चप्पलहरु समर सेलको अवधिभर उपलब्ध गराउनेछौं,’ उपाध्यायले भने ।

प्रत्येक नेपालीको खुट्टामा नेपाली ब्राण्डका जुत्ता चप्पल नै होस भन्ने उद्धेश्यले समर सेल मेलामा अफर मूल्य दिईएको हो । नेपाली जुत्ता चप्पल ब्राण्डको दिन प्रतिदिन बजार बिस्तार भईरहेको र ग्राहकहरुले अधिक मनपराएको हुँदा पनि कम्पनीहरुले विशेष मूल्य कायम गरेका हुन् ।

अब अफर मूल्यमा जुत्ता चप्पल किन्न जाने पालो तपाईँको, जहाँ तपाईँले छानी छानी आफूले चाहेको मोडल र डिजाइनको जुत्ता चप्पल किन्न सक्नुहुनेछ । त्यसैले आजै नेपाली जुत्ता घरको जमल, बालाजु बुद्धमल, महाराजगंज चक्रपथ, अद्धैत मार्ग पुरानो बसपार्क, कुमारीपाटि ललितपुर र पोखरामा रहेको पोखरा नेपाली जुत्ता घर सिद्धार्थ चोक चिप्लेढुंगामा रहेको आधिकारिक शोरुमहरुमा गएर मनपर्ने उत्पादन किन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्