दिलमायालाई अर्धनग्न बनाई कुटपिट गर्ने रेखा र अनितालाई ६ महिना कैद सजाय



१४ असार २०७५, काठमाडौं

गत जेठ २५ गते दिउँसो भालुबाङका दुई महिलाले एक महिलालाई निर्वस्त्रपारी अमानवीय तरिकाले कुटपिट गरिएको मुद्दाको फैसला भएको छ ।

अर्घाखाची जिल्ला सितगंगा नगरपालिका–९ ठारखोलाकी दिलमाया पुनलाई भालुबाङको निर्माणधिन बसपार्कमा निर्बस्त्रपारी कुटपिट गर्ने दाङ जिल्ला राप्ती गाउँपालिका–१ भालुबाङ पुरानो बजारका रेखा गुप्ता र अनिता गुप्तालाई ६ महिना कैद र २५ हजार जरिवाना सहितको सजाय गरिएको छ ।

उक्त घटनाको भिडियो भालुबाङ पुल्चोक बजारकी रितु रानाले आफ्नो फेसबुकमा पोष्ट गरेपछि ईलाका प्रहरी कार्यालय भालुबाङले पिडक गुप्ताद्वयलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।

बुधबार (हिजो) प्रमुख जिल्ला अधिकारी गहेन्द्रबहादुर श्रेष्ठको एकल इजलासले यस्तो सजायको फैसाला गरेको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रबिन्द्रराज पाण्डेले जानकारी दिए । पिडक गुप्ताद्वयलाई बुधबार नै तुलसीपुर कारागार चलान गरिएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्