प्रत्यक्ष कर वढाउनुपर्ने : डा. प्याकुरेल



१४ असार २०७४, काठमाडौं

नेपालको कर प्रणालीमा प्रत्यक्ष करको मात्रा वढाउनुपर्ने काठमाडौं विश्व विद्यालयका सहायक प्राध्यापक डा. उद्धव प्याकुरेलले वताएका छन । युथ एड्भोकेसी नेपालले राजधानीमा आयोजना गरेको “गुणस्तरीय सेवाको लागि कर न्याय” विषयक संवाद कार्यक्रममा उनले उक्त कुरा वताएका हुन ।

अप्रत्यक्ष करको मात्रा वढी हुँदा गरिवी र असमानता वढ्ने भएकाले सामाजिक न्याय कायम गर्नका लागि प्रत्यक्ष करको मात्रा वढाउनुपर्ने उनले वताए ।

नेपालका कर कानुनमा रहेका छिद्रहरुका कारणले अरवौं रुपैंया वरावरको राजस्व चुहावट भईरहेको उनको जिकिर थियो । नेपालमा रहेका ८०० भन्दा वढी ईट्टा भट्टा कारखानाहरु करको दायरामा भन्दा वाहिर भएकाले राज्यलाई अर्वाैंको राजस्व घाटा भएको उनको भनाई थियो । काठमाडौंमा रहेका ९० प्रतिशत भन्दा वढी घर मालिकहरु वास्तविक मुल्य भन्दा कम मुल्य देखाएर राजस्व कार्यलयमा घर वहाल कर वुझाउने उनको भनाई थियो ।

एक अर्को प्रसङ्गमा गुणस्तरीय सार्वजानिक सेवाको लागि प्रगतिशील कर प्रणालीको अवलम्वन गर्दै यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा उनको जोड रहेको थियो ।

नेपालको कर प्रणालीको विषयमा आम मानिसको चेतनास्तर वढाउनुपर्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । उनले एक अर्को प्रसङ्गमा न्यायमुलक कर प्रणालीको माध्यमबाट गुणस्तरीय सार्वजनिक सेवाको सुदृढीकरणको लागि युवाहरुले वृहत्तर अभियान संचालन गर्नुपर्नेमा जोड दिए । उनी आवद्ध संस्था युथ एड्भोकेसी नेपालले न्यायमुलक कर प्रणालीको अभियान शुरु गरेकोले यस अभियानलाई साथ, सहयोग र समर्थन गर्नका लागि उनले सम्पूर्ण युवा तथा सरोकारवाला निकायहरुलाई आग्रह गरेका थिए ।

सम्वाद कार्यक्रममा विभिन्न क्षेत्रका सहभागी युवाहरुले कर प्रणाली र सार्वजनिक सेवाको सम्वन्धमा आफ्ना विचारहरु राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्