
१३ असार २०७५, झापा
निजी बीमा कम्पनीले गर्दै आएको पशुपंक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैले शुरु गर्ने भएको छ ।
नगर पशुपंक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपंक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तक्र्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिए ।
सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू गरिने उनको भनाइ छ । “जनतालाई प्रत्यक्ष सेवा पुग्ने कार्यक्रम भएको हुँदा प्राथमिकतामा राखेर हामी आफैँ शुरु गर्छौं”, उनले भने ।





