फ्रान्सलाई हराउन अर्जेन्टिनालाई फलामको चिउरा चपाए बराबर : फुटबल विज्ञ



१२ असार २०७५, काठमाडौं

दुई पटकको विश्व च्याम्पियन अर्जे्न्टिना खेलको ८५ मिनेटसम्म विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा थियो, जबसम्म म्यानचेष्टर युनाइटेडका मार्कोस रोजेले भली गोल गरेनन् । ८६ औं मिनेटमा उनले गरेको उत्कृष्ट गोलले अर्जे्न्टिना २-१ ले विजयी मात्र भएन, विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ ।

लिओनल मेस्सी भन्छन्, उनलाई यसअघि यस्तो पीडा भएको याद थिएन जुन अहिले भैरहेको छ । नाइजेरियामाथि रोमाञ्चक जित हात पार्दै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुगेपछि प्रशिक्षक जर्ज साम्पाओलीलाई ठूलो राहत मिलेको छ ।

अब उसको भेट फ्रान्ससँग हुनेछ । समूह चरणको दुई खेलमा प्रदर्शन, खलाडी छनोट सबैलाई लिएर अर्जे्िन्टनी टिमको खुबै आलोचना भयो । तर, अब के त रु के समस्याहरुलाई एकातिर थाती राखेर अर्जे्न्टिना अघि बढ्न सक्छ रु

हामीलाई ठूलो राहत मिल्योस् मेस्सी

क्रोएसियासँग ३-० ले हारेपछि अर्जे्न्टिनी टिमका विषय धेरै टिकाटिप्पणी भए, प्रशिक्षकको कमिकम्जोरीको बारेमा हल्लाहरु चले । अहिलेसम्मकै खराब टिमको उपमा पनि पायो ।

टिममा भएको हरेफेरसँगै अर्जे्न्टिनाले नाइजेरियाविरुद्ध पहिलो हाफमा राम्रो प्रदर्शन गर्यो र १४ औं मिनेटमा लिओनल मेस्सीको उत्कृष्ट गोलसँगै अग्रता पनि लियो ।

दोस्रो हाफको सुरुमा पेनाल्टीमा गोल खाएपछि अर्जे्न्टिनालाई धक्का लाग्यो । तर, रोजोको गोलसँगै अर्जे्न्टिना अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

‘यो कठिन अवस्था हो,’ दोस्रो हाफ सुरु हुनुअघि टनेलमा मेस्सीले टिमका सदस्यहरुलाई भनिरहेका थिए ।

‘यो हामी सबैका लागि ठूलो राहत हो । हारपछिका कठिन दिनहरु पनि हामी सबैका लागि खुसी मिलेको छ । भाग्यवस हामीले आफ्नो लक्ष्य पुरा गर्यौ,’ उनले भनेका छन् ।

रेफ्रीले खेल सकिएको जनाउ दिएपछि प्रशिक्षक साम्पाओलीले मेस्सीलाई अंकमाल गरेका थिए । मेस्सीले हरेक पटक आफू अरुभन्दा उत्कृष्ट भनेर सावित गरेको भन्दै उनले भनेका छन्, ‘तर, उनलाई टिममेटले सहयोग गर्नुपर्छ ।’

‘उनको मानवीयता अदभुत छ । उनी रुन्छन् र भावुक हुन्छन् । जब अर्जे्न्टिनाले जित्छ, खुसी हुन्छन् । उनले आफ्नो भावनाहरु साट्नु महत्वपूर्ण छ । धेरै मानिसहरु भन्छन् कि मेस्सी अर्जे्न्टिनाका लागि खेल्दा रमाउँदैनन् तर, म सहमत छैन । मेरा खेलाडीहरु मनदेखि नै खेल्छन्, उनीहरु साच्चै लडाकू छन् ।’

आफ्ना देशका मेस्सी बद्लिए

मेस्सी विश्वका उत्कृष्ट खेलाडिका साथ रसिया आएका थिए । शुरुवाती खेलहरुमा नतिजा उनको पक्षमा नआउदा पुरै टिम निराश थियो । आइसल्याण्डविरुद्ध पेनाल्टिमा चुकेका मेस्सी क्रोसियाविरुद्ध जादु देखाउन सकेनन् ।

तर सोमबार भएको समुह चरणको अन्तिम खेलमा गर या मर स्थितिबाट गुज्रिएको अर्जेन्टिनालाई चमतकारी जित दिलाए ।

जब मेस्सीले खेलको १४ मिनेटमा उत्कृष्ट गोल गरेपछि नाइजेरियाका पूर्वखेलाडि पिटर भन्छन् मेस्सी आफ्नो देशका लागि बद्लिएका छन् ।

नयाँ सुरुवात कि क्षणिक सुधार

प्रिक्याटरमा पर्न सफल भएको अर्जेन्टिनाले अर्काे खेल आइतबार समुह सि को विजेता फ्रान्सको सामना गर्दैछ । खेलको अन्तिम समयमा गोल गरेर अर्जेन्टिनालाई जित दिलाएका रोजो भन्छन् हाम्रालागि विश्वकप अब शुरु भयो ।

तर बीबीसीका दक्षिण अमेरिकी विज्ञ भन्छन्, अर्जेन्टिना फ्रान्सको अगाडि कसरी टिक्छ, यो मुस्किलछ ।

प्रतिक्रिया दिनुहोस्