अनमोलले लिए विज्ञापनमा सार्वधिक महंगो पारिश्रमिक



युवापुस्ताका लोकप्रिय नायक अनमोल केसीले एउटा विज्ञापनका लागि सार्वधिक महंगो पारिश्रमिक लिएका छन् । एउटा क्यास प्रोडक्टको लागि १५ लाख लिएर ब्राण्ड एम्बेस्डर बनेका हुन् । अनमोलले यस प्रोडक्टको लागि प्रमोसन गर्न १ वर्षको संझौता गरेका छन् ।

कलाकारको लागि सबैभन्दा बढी आम्दानी हुने भनेकै विज्ञापनबाट हो । तर नेपाली कलाकारहरुको हलिउड, बलिउडको तुलनामा खासै राम्रो आम्दानी भएको पाइदैन ।

अहिलेका चर्चित स्टार प्रियंका कार्की, अनमोल केसी, प्रदिप खड्का जस्ता कलाकारहरुले महंगो पारिश्रमिक लिएर विज्ञापनका लागि साइन गर्न थालेका छन् । नेपालमा केहि उदाउदै गरेका प्रोडक्टहरुले नेपाली सेलिब्रेटीको सहयोगमा आफ्नो उत्पादनलाई प्रमोशन गर्ने हतियार बनाउन थालेका छन् भने कलाकारले आफ्नो पपुलारिटिको भरपुर उपयोग गर्ने र आम्दानीको स्रोत बढाउने अवसर पाएका छन् ।

पछिल्लो समय जुन रुपमा ब्राण्डहरु कलाकारहरुलाई एम्बेस्डर बनाउन आकर्षित भएका छन् यो नेपाली चलचित्र उद्योगको लागि सुखद कुरा हो ।

प्रतिक्रिया दिनुहोस्