
१३ असार २०७५, काठमाडौं
सलमान खान अभिनित एक चलचित्रले बक्स अफिसमा खासै प्रभाव देखाउन सकेन । बलिउड सुपरस्टार खान अभिनित चलचित्र रेस ३ ले त्यसरी प्रभाव जमाउन नसकेको हो ।
प्रदर्शनको तिन दिन सम्ममा सय करोड कमाएको उक्त चलचित्र त्यो पछि भने कलेक्सनमा एकाएक ठुलो गिरावट आएको हो । क्रिटिक्स र दर्शकले झुर भनेको सो चलचित्रलाई कुनैपनि क्रिटिक्सले २ स्टारभन्दा बढी दिएको छैनन् ।
क्रिटिक्स र दर्शकले बारम्बार नेगेटिभ रिम्भु दिएका कारण आईएमडिवी वेबसाइटले चलचित्र रेस ३ लाई संसारको सबैभन्दा खराब चलचित्रको लिस्टमा राखेको छ ।
आईएमडिवी वेबसाइटले इन्टरनेटमा दिइने रिम्भुको आधारमा चलचित्रहरुको स्थान निर्धारण गर्ने गर्दछ । आईएमडिवी वेबसाइटको लिस्टमा रेस ३ को स्थान ७९ रहेको छ । संसारको सबैभन्दा नराम्रो चलचित्रको लिस्टमा पहिलो नम्बरमा भने ‘कोर्ड नम्बर : के ओ जेड’ रहेको छ ।





