पैसामुखी भए भन्ने आरोप लागेका नायक अनमोलले दिए जवाफ



१२ असार २०७५, काठमाडौं

युवास्टार अनमोल केसी आहिले आफ्नै ब्यानरको चलचित्र ‘क्याप्टेन’को सुटिङमा ब्यस्त छन् । ‘क्याप्टेन’कै सुटिङको भईरहेको समयमा अनमोलले एक साताको अन्तरालमा तीनओटा चलचित्र साईन गरिसकेका छन् ।

झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’का लागि पनि अनमोलले पहिला साईन गरेका हुन् भने त्यसको केहिदिनपछि नै उनले मिलन चाम्स निर्देशित चलचित्र ‘ब्याचलर बन्टी’ पनि साईन गरेका थिए । आफ्नो ब्यारनको ‘क्याप्टेन’सहित यी तीन चलचित्रको साथमा उनले एउटा बलिउड फिल्म समेत साईन गरेका छन् ।

दुईबर्षसम्म एउटै चलचित्र ‘कृ’लाई समय दिएका अनमोलले एकैपटक ४ वटा चलचित्र साईन गर्दा उनलाई पैसामुखी भएको आरोप लाग्दै आएको छ । गत शनिबार राजधानीमा भएको एक कार्यक्रममा अनमोललाई “तपाई पैसामुखी भएको हो ?”भनी प्रश्न गरिएको थियो ।

“त्यस्तो होईन, म पैसाकै पछि लाग्ने भएको भए पहिल्यैदेखी भटाभट फिल्म गर्थेँ होला ।” प्रश्नलाई सहज रुपले लिदैँ अनमोलले जवाफमा भने, “नेपालमा राम्रो स्क्रिप्ट कहिले पाउँछ भन्ने नै थाहा हुदैँन, मैले एकैचोटी राम्रो स्क्रिप्टहरु पाएँ । त्यसकारण पनि एकैचोटी साईन गरेको हो ।”

चलचित्र एकैपटक साईन गरेको भन्दैमा आफ्ना चलचित्रहरु एकैपटक नआउने अनमोलको स्पस्टोक्ती छ । आफुले चलचित्रको पाईपलाईन बनाएको बताउँदै अनमोलले राम्रो स्क्रिप्ट आएकोले सबै फिल्ममा एकैपटक साईन गरेको स्पस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्