एडल्ट सिनको पछाडी चलचित्रको गीत राखिएपछि बिवाद (भिडियो सहित)



१२ असार २०७५

भारतीय चलचित्र निर्माता तथा निर्देशक करण जोहरको वेबसिरिज ‘लस्ट स्टोररिज’मा एडल्ट सिनको पछाडी चलचित्र ‘कभी खुसी कभी गम’को गीत राखिएपछि बिवाद बढेको छ । खासमा उक्त वेबसिरिजमा कियारा एडवाणीको एडल्ट सिन छ र उक्त सिनको पछाडी उक्त गीतको प्रयोग गरिएको छ । लता मङ्गेसरकरले गाएको यो गीत, एडल्ट सिनमा प्रयोग भएपछि परिवारका सदस्यहरुले यसकुरामा आपत्ती जनाएका हुन् ।

एक भारतीय मिडियासँगको कुराकानीमा परिवारका सदस्यले भनेका छन्, “आखिर करण जोहरले यो भजनजस्तो गीतलाई किन त्यस्तो सिनमा प्रयोग गरे ?” कुराकानीकै क्रममा उनले यो कुरा अहिलेसम्म लता मङ्गेसकरलाई थाहा नदिएको बताएका छन् । एउटा पुरानो र राम्रो फिल्मको लागि रेकर्ड गरिएको गीतलाई यसरी प्रयोग गरिनु निकै दुर्भाग्यपूर्ण रहेको परिवारका सदस्यको भनाई छ ।

वेबसिरिजमा कियाराले मेघा नामको शिक्षिकाको भुमिका निर्वाह गरेकी छिन् । जसमा उनको बिवाह पारस नामको एक युवकसँग हुन्छ तर मेघाले पतिबाट यौनसन्तुष्टि पाईराखेकी हुदैँछ । जसको फलस्वरुप मेघाले सेक्स ट्वाई अर्थात यौन खेलौनाहरु किन्छिन् र त्यसको प्रयोग गर्छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्